कालापानीबारे भारतीय नेताको प्रतिक्रिया-‘कालापानी भारतको हो,भारतकै रहन्छ’

काठमाडौं, ३ मंसिर । भारतको उत्तराखण्डका मुख्यमन्त्री तथा भारतीय जनता पार्टीका नेता त्रिवेन्द्रसिंह रावतले नेपाली भूमि कालापानी क्षेत्रलाई भारतको भन्दै दावी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा आयोजित एक कार्यक्रममा कालापानीबाट भारतीय सैनिक फिर्ता लैजान आग्रह गरेको केहि दिन पछि नेपाली भूमि कालापानीको बारेमा यस्तो प्रतिक्रिया आएको हो ।

कालापानी क्षेत्र भारतले आफ्नो नक्सामा राखेको भन्दै नेपालमा भइरहेको विरोधबारे भारतीय राजनीतिक तहबाट प्रतिक्रिया आउन थालेको छ। सीमा विवादले भारतीय सञ्चारमाध्यममा प्राथमिकता पाएको थियो।

भारतीय पत्रिका अमर उजालासँग कुरा गर्दै रावतले कालापानी क्षेत्र भारतको हिस्सा भएको दाबी गर्दै त्यो सधैँ भारतमै रहने तर्क गरेका छन्। उनले नेपालमा भइरहेको विरोध प्रदर्शनलाई चिन्ताजनक भएको बताएका छन्।

उनले नेपाल यसरी विरोध गर्ने नेपालीको कार्यसंस्कृति नभएको बताए। नेपाल भारतको मित्र राष्ट्र भएकाले वार्ताबाट समस्याको हल खोजिन मुख्यमन्त्री रावतको भनाइ छ। नरेन्द्र मोदी नेतृत्वको सरकारले कालापानी क्षेत्रमा नेपाली सीमा मिचिएको कुरा अस्वीकार गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here