बझाङ केन्द्रबिन्दु भएर भूकम्प,भारतको राजधानी समेत हल्लायो

बझाङ,३ मंसिर । बझाङको खप्तडछन्ना गाउँपालिका–१, पौवागढी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

मंगलबार बेलुकी ७ बजेर १५ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पको धक्का सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ का अधिकांश जिल्लामा भूकम्पको धक्का महसुस भएको हो। नेपालगञ्ज, अछाम, बाजुरा, दैलेख, जाजरकोट, दार्चुला, कालिकोट, कैलालीमा समेत भूकम्पको धक्का महसुस भएको हो।

बझाङको खप्तड केन्द्रबिन्दू भएर गएको भूकम्पको धक्का भारतको राजधानी दिल्ली, उत्तराखण्ड र उत्तर प्रदेशका केही भागमा समेत महसुस गरिएको इण्डिया टुडेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here