क्रिम लगाएरै बाहिरियो नेपालीको वार्षिक ३ अर्ब ३० करोड

जितेन्द्र खनाल

काठमाडौं, ४ मंसिर । सौन्दर्यका लागि हामी बिहान घरबाट बाहिर निस्कने बेला पनि अनुहारमा क्रिम लगाउँछौं भने राति सुत्ने बेलामा पनि क्रिम लगाएर सुत्छौं ।

दिउँसो घाममा निस्किएको बेला छालालाई प्रदूषण, तथा घामको किरणले समेत हामी पुर्‍याउन सक्छ भनेर बढि मात्रमा क्रिमको प्रयोग गरिन्छ ।

विशेष गरी महिलाहरुले श्रृंगारका सामाग्री लगाएर सुन्दर बनेर हिड्न रुचाउँछन् । राम्रो देखिनका लागि प्रयोग भएका वस्तुहरु विदेशबाट आउने गर्छन् ।

सौन्दर्यको मामलामा नेपालीहरुले धेरै धनराशी खर्च गर्ने गरेको तथ्यांकले देखाएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार पछिल्लो १ वर्षमा नेपालीहरुले १० अर्ब १६ करोड ८० लाख ३२ हजार ८ सय ५० रुपैयाँको मेकअप सामग्रीहरु आयात गरेका छन् ।

३ अर्ब ३० करोडको क्रिम मात्रै

पछिल्लो १ वर्षमा क्रिम मात्रै ३ अर्ब ३० करोड भन्दा धेरै रकमको मेकअप क्रिम नेपालमा भित्रिएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार पछिल्लो १ वर्षमा ३ अर्ब ३० करोड ८ लाख १३ हजार ५ सय ८६ रुपैयाँ बराबरको मेकअप क्रिम मात्रै भित्रिएको हो ।

नेपालमा भारत, चीन, थाईल्याण्ड, बङ्गलादेश, हङकङ, इरान, जापान, कोरीया, ओमान सहित ४५ भन्दा धेरै देशहरुबाट क्रिम आउने गरेको तथ्यांकले बताएको छ ।

भारतबाट मात्रै २ अर्ब ४९ करोडको क्रिम आयात

नेपालमा धेरै मात्रामा भारतबाट क्रिम आयात गरेको छ । भारतबाट एक बर्षमा २ अर्ब ४९ करोड १ लाख रुपैंया बराबरको क्रिम आयात गरेको तथ्याङकले देखाएको छ । भारतबाट मात्र ३ करोड ५० लाख ५८१ किलो क्रिम आयात गरिएको छ ।

त्यस्तै गरी दोस्रोमा थाइल्याण्डबाट आयात भएको देखिन्छ । थाइल्याण्डबाट २३ करोड ७८ लाख ९० हजार रुपैंयाको आयात गरेको तथ्यांकले देखाउँछ । त्यसै गरी चीनबाट २२ करोड ७८ लाख २८ हजार रुपैंया बराबरको क्रिम आयात गरिएको छ ।

नेपालमा इन्डोनेसिया, कोरिया, अमेरिका, जर्मनी , दक्षिण अफ्रिका र इटाली लगायतका देशबाट क्रिम आयात गरिएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकले देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here