जापानबाट पैसा पठाउने गोबिन्द थापा सिटी एक्सप्रेसको पहिलो लखपति

काठमाडौं, ४ मंसिर । सिटी एक्स्प्रेसले ‘लखपति एक्सप्रेस २०७६’ को पहिलो महिनाको लखपति घोषणा गरेको छ ।

लखपति एक्सप्रेसको पहिलो महिनामा बागलुङका गोबिन्द बहादुर थापा लखपति बनेका छन् । लक्की ड्रमार्फत उपभोक्ताहरुले दैनिक दुई सयको मोबाइल टप अप १० जनाले जित्न सक्ने्, त्यसैगरी साप्ताहिक रुपमा एक जना विजेताले १० हजार र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनाले एक लाख जित्न सक्ने र उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप १० लाख जित्न सक्ने घोषणा भएको थियो ।

यो अफर असोज १ गते देखि मंसिर ३० गते सम्म लागू हुनेछ । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त नगद पुरस्कार एक लाख (१,०००००) रुपैयाँ गोबिन्द बहादुर थापाकी छोरी सिर्जना थापालाई हस्तान्तरण गरिएको छ ।

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ “न यति न उति सिधै लखपति” उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० को मोबाइल टप अप १० जनाले जित्न सक्ने्, त्यसैगरी साप्ताहिक रुपमा एक जना विजेताले रु १०,००० र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले रु १००,००० जित्न सक्ने्, उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप रु १०,००,००० जित्न सक्ने छन्।

यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । कम्पनीका अनुसार, यस उपहार योजना अबधीमा हालसम्म दैनिक उपहार योजना अन्तर्गत ६३० जनाले रु २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा ८ जना विजेताले रु १०,००० जितिसकेका छन्। ती सबै उपहारहरु विद्युतीय लक्की ड्र मार्फत बिजेता छनौट गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here