धावनमार्गमा रोकेको विमानमा चट्याङ परेपछि

काठमाडौं । न्यूजील्यान्डको क्राइस्टचर्च विमानस्थलको धावनमार्गमा रोकेर राखिएको एउटा विमाननजिकै चट्याङ परेको दृश्यले चर्चा पाएको छ ।

एक प्रत्यक्षदर्शीले खिचेको भिडियोमा एमिरेट्स विमानसेवाको एअरबस ए ३८० अगाडि र चट्याङ परेको देखिन्छ । उक्त कम्पनीले आफ्नो फेसबुक पेजमा आफ्नो झ्यालबाहिर त्यस्तो दृश्य देखिएको उल्लेख गर्दै तस्बिर प्रेषित गरेको छ। उसका अनुसार उक्त विमान हावाहुरी चलेका कारण धावनमार्गमै रोकिएको थियो।

न्यूजील्यान्डको मौसम हेर्ने निकायले उक्त क्षेत्रमा चट्याङसहित हावाहुरी आउन सक्ने चेतावनी दिएको थियो। उसका अनुसार उक्त विमान हावाहुरी चलेका कारण धावनमार्गमै रोकिएको थियो। न्यूजील्यान्डको मौसम हेर्ने निकायले उक्त क्षेत्रमा चट्याङसहित हावाहुरी आउन सक्ने चेतावनी दिएको थियो।

क्यान्टबरीका कतिपय क्षेत्रमा ठूलो हवाहुरी र अण्डाजत्रा असिना परेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। न्यूजील्यान्डको मेटसर्भिसले दुई घण्टाको अवधिमा उक्त क्षेत्रमा सात सयवटा चट्याङ परेको जनाएको छ। एजेन्सी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here