गोरखामा नगरबस चल्न थालेपछि ट्याक्सी सञ्चालक मर्कामा

संगम तिवारी

गोरखा, ५ मंसिर । गोरखा नगरपालिका भित्र विहिवार देखि नगरबस सञ्चालनमा आएको छ । बस सञ्चालनमा आएपछि गोरखा बजार आसपासमा चल्ने ट्याक्सी संचालकमा रुवाबासी चलेको छ ।

विगत १ वर्ष पहिलेबाट गोरखामा भित्रिएको करिव २०० ट्याक्सीले विभिन्न बहानामा नगर आसपासका वासिन्दाहरुलाई ट्याक्सीमा बोकेर राम्रै आम्दानी गरिरहेको थिए ।

‘गोरखा नगरपालिकाको आसपास करिव १५० ट्याक्सी ग्ड्ने ठाउँमा अव लोकल गाडी गुड्न थालेपछि हाम्रो व्यापार धरापमा प¥यो, हाम्रो ट्याक्सीको किस्ता कसरी तिर्न हो, एकपल्ट हामीलाई पनि सल्लाह गरेको भए वेस हुने थियो’ एक ट्याकसी संचालकले दुखेसो पोखे ।

कालिका यातायात प्राली दर्ता गरी १ वर्ष पहिलेबाट संचालन गरेको सो व्यवसायीले नगरपालिका भित्र निश्चित शुल्क लिएर सेवा दिईरहेका थिए ।

गोरखा गरपालिकाको संयोजनमा पृथ्वी राजमार्ग वस संचालक प्रालीले आजबाट नगरको १० ओटा रुटमा बस संलानमा ल्याएको गोरखा नगरपालिकाका नगर प्रमुख राजनराज पन्तले जानकारी दिए ।

नगरपालिकाको नारेश्वर, ताप्ले, छापथोक, भिमसेनपार्क, फिनाम, कट्टेडाँडा, गोरखा क्याम्पस, मान्द्रेढुङ्गा, छेवेटार,देउराली लगायत सार्वजनिक यातायातको सेवा कम भएको ठाउँमा नगरबस संचालन गरिएको पृथ्वी यातायात बस संचालक प्रालि कार्यालय प्रमुख राजन ढुङ्गानाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here