एभरेष्ट बैंकद्वारा मनिपाल अस्पताललाई हेमोडायलेसिस् मेसिन हस्तान्तरण

काठमाडौं, ६ मंसिर । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मनिपाल अस्पताललाई एक थान हेमोडायलेसिस् मेसिन हस्तान्तरण गरेको छ ।

यो नयाँ मेसिनले मिर्गौला बिरामीहरुलाई उपचारका लागि पर्खिनुपर्ने समय कम गर्न मद्दत पुर्याउने बिश्वास लिइएको छ।

मनिपाल अस्पतालका डिन बीएम नागपाललाई एभरेष्ट बैंक लि. का डीजीएम राजिव जैनले सो मेसिन हस्तान्तरण गरेका हुन् ।

सो मेसिन भारतीय दुतावास कोलोनियल ए. च्याम्बीएल एसएम डिफेन्स एट्याची, मनिपाल अस्पताल र पोखराका पेन्सन भुक्तानी कार्यलयका अन्य विभिन्न अधिकारीहरुको उपस्थीतिमा एलटी. जेन. सानतनु दयाल, एभीएसएम, एसएम, भीएसएम, डीजी, डीसी र डब्लूले मेसिनको उद्घाटन गरेका थिए।

एभरेष्ट बैंकले आफ्ना १० लाख भन्दा बढि ग्राहकहरुलाई आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १२२ एटिएम तथा बृहत बाहर्य सन्जाल मार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here