मूल्य वृद्धि एक वर्षमै दोब्बर,काठमाडौंमा धेरै महँगी

काठमाडौं, ६ मंसिर । नेपालको मूल्य वृद्धि नियन्तरण बाहिर देखिएको छ। देशको आर्थिकस्थितीमा सुधार देखिए पनि मूल्यवृद्धिमा भने चाप देखिएको हो ।

सरकारले चालु आर्थिक वर्षमा ६.५ प्रतिशको मूल्यवृद्धिदर नियन्त्रण हुने जनाएको थियो। तर असोज मसान्तसम्ममा ६.२१ प्रतिशतको मूल्य वृद्धि भएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४ दशमलव ६८ प्रतिशत थियो । भदौं महिनामा भने मूल्यबृद्धि ६ दशमलव १६ प्रतिशत थियो ।

सरकारले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै मुल्य वृद्धिलाई ६ प्रतिशतको सिमा भित्र राख्ने लक्ष्य लिएको थियो । तर आर्थिक वर्षको सुरुवातबाट नै सरकार आफुले लिएको मुल्य वृद्धिको लक्ष्यबाट चुक्दै गएको छ ।

काठमाडौं उपत्यकामा साढे ८ प्रतिशत पुगेको छ। २०७५ असोज मसान्तमा ४.६८ प्रतितशको मूल्य वृद्धिदर थियो भने अहिले साढे ६ प्रतिशतमाथि मूल्य वृद्धिदर रहेको छ।

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, मासु तथा माछा, फलफूल र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । त्यसैगरी, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः घरायसी उपयोगिताका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य वद्धि उच्च रहेको छ ।

समीक्षा महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२१ प्रतिशत रहेकोमा भारतमा यस्तो (अक्टोबर महिनाको) मुद्रास्फीति ४.६२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको त्यही महिनामा नेपाल र भारतको मुद्रास्फीति क्रमशः ४.६८ प्रतिशत र ३.३८ प्रतिशत रहेको थियो।

२०७६ असोजमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.१० प्रतिशत रहेको छ। अघिल्लो वर्षको त्यही महिनामा यस्तो मुद्रास्फीति ९.१७ प्रतिशत थियो। समीक्षा महिनामा खाद्य पदार्थ, यातायात उपकरण तथा पार्ट्स र टेक्सटाइल उपसमूहको थोक मूल्य वृद्धि उच्च छ।

बृहत आर्थिक वर्गीकरणको आधारमा समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ११.९५ प्रतिशत, १.६१ प्रतिशत र २.४६ प्रतिशत रहेको छ । निर्माण सामाग्रीको थोक मूल्य भने २.४१ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ ।

क्षेत्रगत आधारमा हेर्ने हो भने समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.१४ प्रतिशत, तराईमा ५.७५ प्रतिशत, पहाडमा ४.८९ प्रतिशत र हिमालमा ५.११ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७५ असोजमा यी क्षेत्रहरुमा क्रमशः ४.०४ प्रतिशत, ४.३४ प्रतिशत, ६.१० प्रतिशत र ४.२४ प्रतिशत मुद्रास्फीति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here