ट्याक्सीको नयाँ मापदण्ड, के-के छ मापदण्डमा ?

काठमाडौं, ६ मंसिर । यातायात व्यवस्था विभागले पहिलोपटक ट्याक्सीको नयाँ मापदण्ड तयार गरेको छ।

नयाँ मापदण्डअनुसार काम गर्न यातायात व्यवस्था कार्यालयहरुलाई चिठी समेत पठाइसकेको विभागले जनाएको छ।

मापदण्डमा सामान्य गाडीमा हुने सबै विशेषता, उच्च इन्जिन क्षमता र गाउन्ड क्लीरेन्स, भित्री भागमा ठूलो स्पेस, अनिवार्य सुरक्षा फिचर्स, विभिन्न स्मार्ट प्रणाली, एसी लगायतको सुविधासहित यात्रा गर्ने सहज हुने गरी ट्याक्सीको नयाँ मापदण्ड तयारी गरिएको छ।

आगामी दिनमा नयाँ ट्याक्सीको दर्ता खुले विद्युतीय ट्याक्सीसमेत दर्ता गर्न पाउने गरी १२०० सीसीभन्दा कम क्षमताका इन्धनबाट चल्ने ट्याक्सी सञ्चालन गर्न नपाइने व्यवस्थासहित मापदण्ड तयार पारिएको विभागले जनाएको छ ।

नयाँ ट्याक्सीमा सेन्ट्रल लकिङ, एसी हिटर, प्रिन्टरसहितको डिजिटल मिटर र एलइडी स्क्रिनसहितको जिपिएस नेभिगेटर सिस्टम अनिवार्य हुनु पर्ने मापदण्डमा उल्लेख छ।

हाल सञ्चालनमा रहेका ट्याक्सीमा कुनै आधुनिक फिचर्स छैनन् । अब नयाँ मापदण्डअनुसार ट्याक्सीहरुमा अनिवार्य रुपमा विदेशमा जस्तै नेभिगेसनसहितका स्मार्ट प्रविधि जडान गर्नुपर्ने हुन्छ ।

२० वर्ष चलाएपछि त्यसलाई हटाएर त्यही नम्बरमा अर्को नयाँ ट्याक्सी ल्याउने गरिन्छ। यो मापदण्ड तीनै नयाँ ट्याक्सीमा लागू हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here