वार्षिक १५ लाख सवारी साधनको बीमा, कुल दर्ता सवारी संख्या साढे ३५ लाख

काठमाडौं ८, मसिंर । जोखिम सुरक्षणको भरपर्दो माध्यम हो बीमा । बढ्दो सवारी दुर्घटनासँगै बीमाको महत्व पनि बढेको छ । तर, नेपालमा दर्ता भएको कुल सवारी साधनमध्ये करिब आधाले मात्र बीमा गर्ने गरेको छ ।

गत असारसम्म करिब १५ लाख सवारी सधान (मोटर) को बिमा हुने गरेको छ । यो संख्या बढ्दो छ । गत आर्थिक वर्षको नौ महिनामा मात्र १२ लाख ५४ हजार मोटरबिमा लेख जारी भएका छन् ।

सो अवधिमा ८ लाख ७९ हजार मोटर साइकल, १ लाख ५९ हजार निजी सवारी साधन र २ लाख ६ हजार व्यवसायीक सवारी साधनको बिमा भएको छ । आर्थिक वर्ष ०७३-७४ मा कुल १४ लाख २१ हजार सवारी साधनको बिमा भएको थियो ।

त्यसमध्ये मोटरसाइकल १० लाख २७ हजार, निजी सवारी साधन १ लाख ७२ हजार र व्यवसायीक सवारी साधन २ लाख २२ हजारको बिमा भएको समितिले बताएको छ ।

यातायात व्यवस्था विभागको तथ्यांकअनुसार गत वर्षसम्म मुलुकभर ३५ लाख ३९ हजार ५ सय १९ सवारी साधन दर्ता भएका छन । ती मध्ये सबैभन्दा बढी वाग्मती अन्चलमा दर्ता भएको छ ।

बाग्मतीमा १० लाख बढी दर्ता भएका छन् । तीमध्ये बस ४९ हजार, मिनी वस-मिनी ट्रक साढे २५ हजार, क्रेन-डोजर-एस्काभेटर-ट्रक ९० हजार, कार-जीप-भ्यान २ लाख ३७ हजार ६ सय, पिकअप ५६ हजार, माइक्रो ७ हजार ६ सय, टेम्पो ४५ हजार ६ सय, मोटरसाइकल २५ लाख ३० हजार, ट्रयाक्टर-पावर ट्रेलर १ लाख ४४ हजार, इ–रिक्सा २६ हजार ४ सय र अन्य सवारी साधन ७ हजार ६ सय दर्ता भएको विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here