मृतकको परिवारलाई उदयदेब बहुउद्देश्यीय सहकारीको सहयोग

पप्पु गुरुङ्ग, दोधारा,८ मंसिर । दोधारा चाँदनीमा उदयदेब बहुउद्देश्यीय । सहकारी संस्था लिमिटेडले आफ्नो सदस्यको मृत्यु पछि सहयोग गरेको छ ।

उदयदेब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दोधारा चाँदनी शाखाले माहाकाली नगरपालिका वडा नं. ४ निवासी आफ्नो सदस्य नितु रोकाको मृत्यु पछि उनका श्रीमान गोपाल रोकालाई बिमा रकम हस्तान्तरण गरेको हो ।

एक कार्यक्रमका बीच घरमै गएर नितुका श्रीमान गोपाल रोकालाई एक कार्यक्रमको बिच १० हजार सहयोग गरेको उदयदेब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दोधारा चाँदनी शाखाका शाखा प्रमुख त्रिलोक चन्दले जानकारी दिएका छन् ।

शाखाले आफ्नो सदस्यहरुको सामाजिक सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै पिडाको बेला उक्त रकम सहयोग गरेको उदयदेब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दोधारा चाँदनी शाखाका शाखा प्रमुख चन्दले बताएका छन् ।

उदयदेब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दोधारा चादनीको केन्द्र नं. २४ का मृतक नितु रोक्का २०६८ साल देखी आबद्ध भएकी थिईन् ।

हस्तान्तरण कार्यक्रममा उदयदेब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका शाखा प्रमुख त्रिलोक चन्द, शाखाका फिल्ड सुपरभाईजर जनक चन्द, सहकारी संस्था लिमिटेड दोधारा चाँदनीको केन्द्र नं। २४ का पदाधिकारी, स्थानियहरुको सहभागिता रहेको थियो ।

आफुहरु उदयदेब बहुउद्धेश्यीय सहकारी संस्थामा आबद्ध भएको कारण आफ्नो पिडाको बेला सहयोग पाएको मृतकका श्रीमान गोपाल रोक्काले बताएका छन् । सहयोग गर्ने उदयदेब सहकारीलाई गोपाल रोकाले धन्यबाद समेत दिएका छन् ।

माहाकाली नगर क्षेत्रमा बसोबास गर्ने महिलाहरुको आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा अगाडी बढाउन विशेष भूमिका निर्वाह गर्दै आएको शाखा प्रमुख त्रिलोक चन्दले बताएका छन् ।

सहकारीले मासिक बचत मार्फत रकम संकलन र ऋण लगानी संग–संगै स्थानिय महिला किसानहरुलाई तरकारी खेती, बाख्रापालन, बंगुर पालन, कुखुरा पालन, सिचाई सुबिध, किराना तथा फलफूल पसल सञ्चालन र अन्य व्यवसाय सञ्चालनका लागि पनि सीप तथा ऋण दिने काम गरिरहेको छ् ।

यसबाट प्रत्यक्षरुपमा स्थानिय महिलाहरुलाई आर्थिक स्थितिमा टेवा पुगेको र आत्मनिर्भर तर्फ उन्मुख गर्न सहयोग पु¥याउदै आएको उदयदेब बहुउद्धेश्यीय सहकारी संस्थामा आबद्ध महिलाहरु बताउछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here