यातायात कार्यालयका प्रमुखसहित ३८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा,को-को परे ?

काठमाडौं, ८ मंसिर । अख्यितार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय एकान्त कुनाका तत्कालीन कार्यालय प्रमुखसहित ३८ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

२०६९ वैशाख, जेष्ठ र असार महिनामा प्रयोगात्मक परीक्षामा फेल भएका एक हजार दुई सय ८४ जना व्यक्तिलाई गैरकानुनी रुपमा लाइसेन्स वितरण गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले तत्कालिन कार्यालय प्रमुख आनन्दकेशरी पोखरेल, हाल अवकास प्राप्त इन्जिनयर बासुदेव पोखरेल, प्रहरी निरीक्षक मुरारी मिश्र, तत्कालिन प्रहरी निरीक्षक (हाल प्रहरी नायब उपरिक्षक) नवराज थापा, शाखा अधिकृतहरु राममणी पोखरेल, ईश्वरराज रेग्मी, शम्भुप्रसाद थपलिया, धर्मराज ढुंगाना (हाल उपसचिव) बाबुलाल रेग्मी (हाल उपसचिव) लगायतविरुद्ध मुद्दा दायर भएको हो।

आयोगले तत्कालीन कार्यालय प्रमुख आनन्द केशरी पोखरेलसहितको मिलोमतोमा राजश्वसमेत छली गरी भ्रष्टाचार गरेका अभियोग लगाएको छ। अख्तियारले पोखरेलले कार्यालय प्रमुख हुँदा आठ लाख उनान्साठी हजार पाँच सय पचास रुपैयाँ राजश्व हिनामिन गरेको भन्दै दोब्बर जरिमाना माग गरेको छ।

भ्रष्टाचार अभियोग लाग्ने अरु कर्मचारीहरुको नाम यस प्रकार छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here