एनआइसी एशिया बैंकको नयाँ शाखारहित बैंकिङ ओडवलियामा

काठमाडौं, ८ मंसिर । एनआइसी एशिया बैंकले रुपन्देहीको लुम्बिनी सांस्कृतिक– १३, ओडवलियामा ४३औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले यसको उद्घाटन गरे । उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा अजय सिहं क्षेत्रीलाई नियुक्त गरिएको छ ।

यसमार्फत ग्रामीण क्षेत्रका वासिन्दाले गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ्ग सेवा लिन सक्ने बैंकले जनाएको छ । यस्तो सेवाबाट ग्राहकले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here