छोरा भन्दा छोरीको पिता ७४ हप्ता बढी बाँच्छन्,किन ?

काठमाडौं । परिवर्तित समयले परिवारलाई एकल परिवार प्रणालीमा परिवर्तन गरिदिएको छ । पहिलाको जस्तो छोरा-छोरीबीचको भेदभावमा कमी आईसकेको छ ।

हाम्रै समाजमा, खान, पढ्न, लगाउन छोरा-छोरीमा भेदभाव गरिन्थो । छोरी सरकारी स्कुल पढ्दा छोरो भने बोडिङ स्कुल तिर दौडिरहेको हुन्थो । तर अहिले त्यसमा परिवर्तन आईसकेको छ ।

सन्तानको रुपमा छोरा नै चाहिने चाहानामा पनि कमी आईसकेको छ । अहिलेको समाजले छोरा-छोरीलाई नै एकै ठान्दै आएको छ ।

सन्तानको आगमनले आमाबुबामा जुन प्रकारको खुसीको सुरुवात गराउँछ । त्यसैगरी, छोरीको जन्म हुँदा पुरुषको आयुलाई पनि बढाउने गर्दछ ।

पोल्यान्डको जोगिलोनियल युनिर्भसिटीले गरेको एक अध्ययनले जनाए अनुसार छोरा जन्माउने पिता भन्दा छोरी जन्माउने पिताको स्वास्थ्य र उमेरमा फरक पार्ने गर्दछ ।

तर छोराको जन्मले कुनै पनि किसिमको असर पादैन । छोरी जन्माउने पुरुषको उमेर छोरा जन्माउने पुरुषको भन्दा ७४ हप्ता बढ्छ । जुन पुरुषको जति धरै छोरी हुन्छन् उति नै पुरुषको लामो आयु हुन्छ । धेरै समय बाच्ने गर्छन् ।

युनिर्भसिटीले यो अध्ययनका लागि छोरा र छोरी जन्मँदा उसको पुरुषलाई के असर गर्छ भनी गरिएको अध्ययनमा ४ हजार ३ सय १० जना व्यक्तिहरूको डाटा लिएका थिए ।

जसमा २ हजार १ सय ४७ आमा थिए भने २ हजार १ सय ६३ बुबा थिए । अध्ययन अनुसार बच्चा जन्माउँदा आमाको स्वास्थ्य र उमेरलाई सुरुमा अध्ययन गरिएको थियो ।

युनिर्भसिटीको शोधकर्ताले जनाएअनुसार छोरीको ठाउँमा छोरालाई प्रथामिकता दिने पुरुषहरूले यो सोचमै आफ्नो केही समय घटाइसकेका हुन्छन् । तर, छोरीको जन्म हुनु पुरुषको लागि खुसीको खबर हो ।

तर, आमाको लागि भने होइन किनभने योभन्दा अगाडि अमेरिकन जर्नल अफ ह्युमन बायोलोजिको एक अध्ययनले जनाएअनुसार आमाले छोरा अथवा छोरी जसलाई जन्म दिए पनि आमाको स्वास्थ्यसँगै उमेरलाई पनि असर गर्छ ।

अर्को एक अध्ययनअनुसार आफ्नो छोरा छारीसँग बस्ने जोडी र बच्चा नभएको जोडिको तुलनामा बच्च भएकाहरू धेरै खुसी हुने र लामो समयसम्म बाच्ने गर्दछन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here