साढे चार वर्षपछि फुटबल टिम दशरथ रंगशालामा,दर्शकलाई पाँच सय र हजारको टिकट

काठमाडौं, ९ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि नेपाली फुटबल टिमले साढे ४ वर्षपछि त्रिपुरेश्वरको दशरथ रंगशालामा प्रशिक्षण अभ्यास सुरु गरेको छ ।

निर्माण कार्य अन्तिम चरणमा पुगेका बेला नेपाली पुरुष फुटबल टिम चार वर्षपछि पहिलो पटक मैदान प्रवेश गरेको हो ।

रंगशालामा मंसिर १५ गतेदेखि सुरु हुने सागको उद्घाटन र समापन समारोह हुनेछ । साथै एथलेटिक्सको पनि त्यही आयोजना हुने छ ।

रंगशाला २०७२ सालको भूकम्पपछि क्षतिग्रस्त बनेको थियो । रंगशालाको मैदानको काम सकिए पनि भीआईपीतर्फको प्यारापिटको छानो हाल्ने काम भने अहिले पनि जारी छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले दशरथ रंगशालामा हुने पुरुष फुटबलका खेल हेर्नको लागि टिकट दर तोकेको छ ।

रंगशालामा हुने फुटबल खेल हेर्न टिकट दर पाँच सय र एक हजार रुपैयाँ तोकिएको छ । साधारण प्याराफिटको ५ सय र भीआईपी प्याराफिटको १ हजार रुपैयाँ टिकट दर तोकिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here