सन्दीप लामिछानेले साग नखेल्ने

काठमाडौं, ९ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछाने नेपालले आयोजना गर्ने १३औं दक्षिण एसियाली खेलकुद साग नखेल्ने भएका छन् ।

सन्दिपले आँखाको शल्यक्रिया गरेका कारण सागमा सहभागिता जनाउन नसक्ने भएका हुन् । आबुधाबीमा आयोजना भएको टी-१० लिगबाट फर्किएको २ दिनपछि उनले शल्यक्रिया गरेका हुन् ।

डाक्टरहरुको सल्लाहमा आँखाको शल्यक्रिया गरेका सन्दिपलाई चार हप्ताको लागि आराम गर्नुपर्नेछ ।

सन्दीपले सहभागिता जनाउन नसक्ने भएपछि उनको स्थानमा यू-१९ टोलीका कप्तान रोहितकुमार पौडेललाई साग टोलीमा समावेश गरिएको छ ।

सन्दीप एसीसी इमर्जिङ टिम्स एसिया कपको टोलीमा समावेश भए पनि साग टोलीको अन्तिम १५ मा पर्न असफल रहेका थिए ।

ज्ञानेन्द्र मल्ल कप्तान रहेको दक्षिण एसियाली खेलकुदका नेपाली टोलीमा दिपेन्द्र सिँह ऐरि उपकप्तान रहेका छन् । नेपालको अन्य खेलाडीहरुमा पारस खड्का, करण केसी, सन्दिप लामिछाने, सोमपाल कामी, बिनोद भण्डारी, अविनाश बोहोरा, सुशन भारी श्रेष्ठ, कुशल भुर्तेल, सन्दिप जोरा, आरिफ शेख, रशिद खान, पवन शर्राफ र ललित नारायण राजबंशी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here