फेरि महंगियो प्याजको मूल्य, किलोकै २ सय नाघ्यो

काठमाडौं, १० मंसिर । नेपाली बजारमा प्याजको मूल्य फेरि उकालो लागेको छ ।

सरकारी स्वामित्वको कालीमाटी बजारमै थोकमा प्याजको मूल्य २ सय रुपैयाँ पुगेको कालीमाटी फलफुल तथा तरकारी विकास समितीले सार्वजनिक गरेको मूल्य सूचीमा जनाईएको छ । खुद्रामा भने २ सय ३० रुपैयाँ रुपैयाँमा बिक्री भै रहेको छ ।

सोमबारसम्म प्रतिकेजी खुद्रा प्याजको मूल्य अधिकतम दुई सय रहेकोमा मंगलबार एकै दिनमा ३० रुपैयाँले बढेको छ।

प्याजको मूल्य पछिल्लो समय लगातार बढिरहेको छ। गत साउनदेखि नेपाली बजारमा प्याजको भाउ बढ्न थालेको थियो।

असारसम्ममा प्रतिकेजी ५० रुपैयाँभन्दा कम रहेको प्याजको मूल्य साउनमा ५५ रुपैयाँ पुग्यो। प्याजको मूल्य पाँच वर्षकै उच्च विन्दुमा पुगेको छ।

२०७२ कात्तिक २१ गते प्याजको खुद्रा मूल्य ७० रुपैयाँ प्रतिकिलो थियो। २०७३ कात्तिक २१ मा ३५, २०७४ कात्तिक २१ मा ८५ र २०७५ कात्तिक २१ मा ५५ रुपैयाँ प्रतिकिलोमा प्याज बिक्री भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here