सवारी साधनको संख्या साढे ३५ लाख नाघ्यो,कुनको संख्या कति ?

फाइलफोटो

काठमाडौं, १० मंसिर । काठमाडौंमा ट्राफिक समस्याको भयावह अवस्था छ । साघुँरो बाटो, अत्यधिक मात्रामा सवारी चाप, ट्राफिक नियमको पालना नगर्ने, दुर्घटना तथा अन्य कारणहरुले ट्राफिक जामको समस्या निम्तने गर्छ ।

काठमाडौंका प्राय सबै चोकहरुमा विहान र साँझको समयमा जामको कारण सवारी आवागमन अस्तव्यस्त हुने स्थितीको सामना हामी सबैले गर्ने गरेका छौं । त्यसको प्रमुख कारण हो अत्याधिक सवारी साधन ।

नेपाली सडकमा साना ठूला गरी करिब ३५ लाख सवारी साधन चल्ने गरेको छ । । जसमा सबैभन्दा बढी बाइक तथा स्कुटर रहेका छन भने दोस्रोमा साना गाडी कार, जीप र भ्यान रहेका छन् ।

यातायात व्यवस्था विभागको तथ्यांकअनुसार आर्थिक बर्ष २०७५/७६ सम्म मुलुकभर ३५ लाख ३९ हजार ५ सय १९ सवारी साधन दर्ता भएका छन । ती मध्ये सबैभन्दा बढी वाग्मती अन्चलमा दर्ता भएको छ ।

बाग्मती अञ्चलमा मात्र १० लाख

बाग्मती अञ्चलमा मात्र १० लाख बढी साना ठूला सवारी साधन दर्ता भएका छन् । दर्ता गरिएका मध्य सबै भन्दा बढी मोटरसाइकल रहेका छन् ।

बागमती अञ्चलमा २५ लाख ३० हजार मोटरसाइकल दर्ता भएका छन् । दोस्रोमा कार-जीप-भ्यान दर्ता भएको तथ्याकंले देखाउँछ । कार-जीप-भ्यान २ लाख ३७ हजार ६ सय दर्ता भएका छन् ।

तेस्रोमा क्रेन-डोजर-एस्काभेटर-ट्रक ९० हजार दर्ता भएका छन् । त्यसै गरी पिकअप ५६ हजार, ठूला बस ४९ हजार, मिनी वस-मिनी ट्रक साढे २५ हजार अघिल्लो बर्षसम्म दर्ता भएका छन् ।

त्यसै गरी बाग्मतीमा चल्ने माइक्रोको संख्या ७ हजार ६ सय पुगेको छ । साथै माइक्रोटेम्पो ४५ हजार ६ सय दर्ता गरिएका छन् । त्यसै गरी अन्य सवारी साधन ७ हजार ६ सय दर्ता भएको विभागले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार वाग्मती अञ्चलमा दर्ता भएका सवारी साधनमध्ये ९७ प्रतिशत निजी सवारी साधन मात्र रहेका छन् । बाग्मतीमा दर्ता भएका गाडीमध्ये पनि ९० प्रतिशत काठमाडौं उपत्यकामा गुड्दा ट्राफिक व्यवस्थापन थप चुनौतीपूर्ण हुने गरेको महाशाखाले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्ला समयमा अत्याधिक रुपमा निजी सवारी भित्रिएको र देशका ७७ वटै जिल्लाबाट गाडी काठमाडौंमा आउने र बाहिर दर्ता भएका सवारीसाधन समेत काठमाडौंमै चल्ने हुँदा ट्राफिक व्यवस्थापन थप जटिल बन्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here