जेठो सन्तान धेरै फूर्तिलो र बौद्धिक,आमाबाबुका लागि कान्छो सन्तान प्यारो !

काठमाडौं । के तपाईँ परिवारको जेठो सदस्य हो ? हालै सार्वजनिक अध्ययनलाई विश्वास गर्ने हो भने जेठो सन्तान हुनुका धेरै फाइदा छन् । सो अध्ययन अनुसार परिवारको सबैभन्दा जेठो सन्तान अन्य भन्दा धेरै फूर्तिलो र बौद्धिक हुने देखाएको छ ।

जर्मनस्थित लिपजिग युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले गरेको अध्ययन अनुसार, परिवारको सबैभन्दा जेठो सन्तान अन्य भन्दा धेरै फूर्तिलो र बौद्धिक हुन्छ ।

अनुसन्धान प्रतिवेदन अनुसार, पहिलो बच्चा पछि जन्मिने हरेक सन्तान पहिलोको तुलनामा कम बौद्धिक र फूर्तिलो हुन्छन् ।

वैज्ञानिकहरुका अनुसार पहिलो भन्दा दोस्रो अलिक कमसल, दोस्रो भन्दा तेस्रो झन् कमसल, चौथौ अझै कमजोर हुने गर्छन् । अभिभावकहरुबाट पाउने गुण पछिल्ला सन्तानमा कम हुँदै जाने भएकाले पनि पछिका सन्तान हरेक दृष्टिले कमजोर हुने वैज्ञानिकहरुको दाबी छ।

अभिभावकको अभिभाजित ध्यानकर्षणको कारण पनि जेठो सन्तान हुनुमा धेरै फाइदा हुने बताइन्छ। अनुसन्धानकर्ताहरुले सयौं बालबालिका माझ गरेको सो अध्ययनमा बौद्धिक प्रतिष्प्रर्धामा प्राय जेठा सन्तानको स्मरण शक्ति र दिमाग अद्भूत देखिएको थियो।

तर, दुई सन्तान मात्र भएमा जेठो र कान्छोबीचको बौद्धिकता अन्तर दिमागी गुण कान्छोमा भन्दा त्यति धेरै क्षेत्रमा अर्कोलाई उछिन्ने सम्भावना भने त्यति धेरै नहुने पनि उनीहरु बताउँछन्। सो अध्ययन प्रोसिडिङ अफ दी नेसनल एकेडेमी अफ साइन्समा प्रकाशित गरिएको छ।

आमाबाबुका लागि कान्छो सन्तान प्यारो

बाबुआमाको लागि सबैभन्दा कान्छो सन्तानमा सबैभन्दा बढि माया बसेको हुने सर्भेक्षणले ठहर गरेको छ । यद्यपि, कान्छो सन्तानलाई बढि माया गर्नुको यो अर्थ होइन कि अरु सन्तानलाई माया नै गर्दैनन् । यथार्थमा उनीहरुका लागि आफ्नो जेठो सन्तान खास हुन्छन् । आखिर उनीहरुको जिन्दगीमा पहिलो खुशी ल्याउने उही नै हो ।

तर, जब पहिलो सन्तानको भाई वा बहिनी जन्मिन्छन्, आमाबाबाुको माया बाँडिन्छ । यो स्वभाविक हो कि आमाबाबुको ध्यान कान्छो सन्तानको हेरचाह र आवश्यकताहरुमा केन्द्रित हुन पुग्छ ।

यस अध्ययनका लागि ब्रिगम यंग यूनिभर्सिटीको टिमले टिनएज बच्चा भएका ३ सय परिवारसँग प्रश्नोत्तर गरेको थियो । अध्ययनले देखायो कि आमाबुवाको माया पाउन ठूला बच्चाभन्दा साना बच्चाहरु बढि लालायित हुन्छन् ।

अर्कोतर्फ ठूला बच्चाहरुका लागि उनी बाबुआमाका सबैभन्दा प्रिय हुन् कि होइनन् भन्ने कुराले खासै महत्व राख्दैन । उनीहरुले आमाबाबुको फेभरेट नभएको महसुस गरे तापनि सम्वन्ध सामान्य नै रहन्छ ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here