त्रिपुरेश्वरमा चाइना तिब्बत व्यापार मेला, ५० भन्दा धेरै चीनीयाँ व्यापारीको उत्पादनहरु समावेश

काठमाडौं, १० मंसिर । काठमाडौंको त्रिपुरेश्वर स्थित वर्ड ट्रेड सेन्टरमा ४ दिने ‘चाईना तिब्बत नेपाल व्यापार मेला’ सोमवारदेखि सुरु भयो ।

चिनियाँ वाणिज्य मन्त्रालयको व्यापार विकास ब्यूरो र तिव्वत बोर्डर ट्रेड चेम्बरको आयोजना तथा नेपाल चीन उद्योग वाणिज्य संघको सहकार्यमा मेला सुरु भएको हो ।

मेलाको उद्घाटन वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ आर्याल तथा नेपाल स्थित चीनीया राजदुतावासका इकोनोमिक तथा कमर्सियल काउन्सुलर झाङ फानज्यूले एक कार्यक्रमका वीच सोमवार गरेका थिए ।

मेलामा ५० भन्दा धेरै व्यापारीको व्यवसायीक उत्पादन समावेश छ । जसमा पेय पदार्थ, जडिबुटी, साइकल, मेसिनरी, कस्मेटिक, हस्तकला, चस्मा, माला, चिनीयाँ पाते, खाद्य पदार्थहरु, शारीरिक व्यायमका सामग्रीहरु, चकलेट, विस्कुट, गलैचाँ, कपडा, जुत्ता आदी सामग्रीहरु छन् ।

मेलाले दुई देशबिचको सम्बन्ध विस्तारमा सहयोग गर्ने बताईएको छ । मंसिर ९ गतेबाट सुरु भएको मेला मंसिर १२ गतेसम्म सञ्चालन हुने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here