काठमाडौं । मारुती सुजुकीको एक मोडेल अल्टोले भारतमा रेकर्ड ब्रेक व्यापार गर्न सफल भएको छ । सन् २००० मा पहिलो पटक लन्च भएको यो कारको बिक्रि १९ वर्ष पुग्दा ३८ लाख यूनिक पुगेको छ ।
यो भारतमा कुनै पनि गाडीको सबैभन्दा बढी बिक्रि संख्या भएको कम्पनीले दावी गरेको छ । खासगरी मध्यमवर्गिाय परिवारबीच अधिक लोकप्रिय यो कारको माग नेपालसहित दक्षिण एसियाका अन्य मुलुकमा समेत उत्तिकै रहेको छ ।
मारुती सुजुकी इंडियाका एग्जिक्यूटिव डाइरेक्टर (मार्केटिंग एण्ड सेल्स) शशांक श्रीवास्तवले पहिलो पटक कार खरीद गर्नेहरुबीच यो मोडल सर्वाधिक लोकप्रिय रहेको बताएका छन् ।
खासगरी आकर्षक डिजाइन, बढी माइलेज र पर्याप्त सुरक्षा विशेषताका कारण अल्टोले बजारमा आफ्नो पहिचान बनाएको हो । मारुती सुजुकीका अनुसार यो कार पछिल्ले १५ वर्षमै भारतको सबैभन्दा बढी बिक्रि भएको कार हो ।
२००८ सम्म आइपुग्दा १० लाख यूनिट बिक्रि भइसकेको थियो । सन् २०१२ सम्म आइपुग्दा २० लाख यूनिट कार बिक्रि भएको थियो ।
सन् २०१९ मा ३८ लाख यूनिट कार बिक्रि भइसकेको छ । अहिले अल्टोका विभिन्न सिरिजहरु बजारमा उपलब्ध छन् । भारतमा यो कारको मूल्य साढे ३ लाखदेखि ५ लाख भारु राखिएको छ ।
एजेन्सी