सीमा नाकामा शसस्त्र प्रहरीले निगरानी बढायो

दोधारा,११ मंसिर । शसस्त्र प्रहरीले माहाकालीको सीमा नाकामा निगरानी बढाएको छ् । पछिल्लो समय माहाकाली नगरपालिकाको भारतबाट अवैध रुपमा नेपाल भित्रिने सामग्री केही कम भए पनि सशस्त्र प्रहरीले निगरानी बढाएको हो ।

सीमामा गस्ती तिव्र बनाएको शसस्त्र प्रहरीले सिमा पारीबाट भन्सार छलेर ल्याएको अबैध समानहरु रोक्न पहल अघि बढाएको छ् । आईतवार राती सशस्त्र प्रहरीले भारतवाट अवैध रुपमा ल्याउदै गरेको ९५ हजार बराबरको अबैध समान वरामद गरेको छ् ।

माहाकाली नगरपालिकाको खुला सिमानाबाट भन्सार छलेर ब्यापारीहरुले अबैध हार्डवयरका समान ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले समान बरामद गरेको बताईएको छ् ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक रामसिंह भण्डारीको नेतृत्वमा गएको टोलीले माहाकाली नगरपालिका वडा नं। ७ कञ्चनभोज क्षेत्रको दशगजा क्षेत्रमा रु। ९५ हजार बाराबर मुल्य पर्ने पानी मोटर, पल्मवरको समान तथा तारजाली बेवारिसे अवस्थामा बरामद गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीले जनाएको छ् ।

गोप्य सुचनाको आधारमा उक्त समान बरामद गरिएको बताईएको छ् । सशस्त्र प्रहरी गस्ती टोलीलाई देखेर मोटरसाईकलमा ल्यादै गरेको अबैध समान फालेर भागेको बताईएको छ् ।

बरामद अबैध समाग्रीलाई हिजै भन्सार कार्यालय गड्डाचौकी पठाईएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चा“दनीका प्रहरी निरिक्षक रामसिंह भण्डारीले बताएका छन् ।

‘बरामद समानलाई हिजै हामीले भन्सार कार्यालय गड्डा चौकी पठाएका छौं’ सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चा“दनीका प्रहरी निरिक्षक रामसिंह भण्डारीले बताए ।

यस्तै दोधारा चाँदनीको सिमा क्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती नियमिता दिदै आएको छ् । सशस्त्र प्रहरीले सिमा क्षेत्रमा हुने अपराधिक गतिबिधी निरुस्ताहित गर्न सयुक्त गस्ती समेत गर्दै आएको बताएको छ् ।

दोधारा चा“दनी नगरपालिका वडा नं। १ जिरोपाईन्ट देखी वडा नं। १० कुतियावकर सिमा क्षेत्रमा भारतिय सिमा सुरक्षा बल एसएसबी संग सहकार्य गरि दशजगा क्षेत्रमा सयुक्त गस्ती संचालन गर्दै आएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक रामसिंह भण्डारीले जानकारी दिएका छन् ।

संयुक्त सुरक्षा गस्तीले सिमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण संगै साना हतियारको ओसार–पसार, लागु औषध कारोवार र मानव तस्करी रोक्न र सीमा विवाद बढ्न नदिन सहयोग पुग्ने बिश्वास गरिएको छ् ।

भारतिय सिमा सुरक्षा बल एसएसबी कम्पनी हेडक्वाटर नौजलिया उत्तर प्रदेशका कम्पनी कमान्डर जयन्त सरकारले समय समयमा दुबै देशका सिमा सुरक्षाकर्मीहरुको सयुक्त गस्तीले सिमा क्षेत्रमा शान्ती हुने तथा सीमा क्षेत्रमा अपराधिक गतिबिधीमा कमी आउने बताएका छन् । नेपाल भारतका सुरक्षाकर्मीले संयुक्तरुपमा गस्ती गर्दा एकापसमा सम्बन्ध बलियो हुने र सीमा क्षेत्रमा देखा पर्ने चुनौतीको सामना गर्न सहज हुने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here