सुनको भाउ यथावत, चाँदीको बढ्यो

काठमाडौं, ११ मंसिर । बुधवार सुनको भाउ यथावत नै रहेको छ ।

मंगलवार कारोबार भएको छापावाल सुनको मूल्यमा कुनैपनि परिवर्तन नहुँदै बुधवार पनि प्रतितोला ७१ हजार २ सय रुपैयाँमा नै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

त्यसैगरी, तेजाबी सुनको मूल्य पनि कुनै परिवर्तन आएन । बुधवार तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कायम भएको महासंघले बताएको छ।

बुधवार चाँदीको मूल्य भने बढ्यो ।

मंगलवार प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार ५ रुपैयाँले बढ्दै प्रतितोला ८ सय ५५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here