फेसबुक,ट्विटर सुरक्षित छ ? १.२ अर्ब भन्दा धेरै प्रयोगकर्ताको डेटा ह्याक

काठमाडौं । प्राविधिक सूचनाहरूलाई सुरक्षित गर्न जति प्रयास गरिएपनि सहज बन्न सकेको छैन् ।

ह्याकरहरुबाट बचाउन लागि विकासोन्मुख देशहरुको प्रयास ह्याकरहरुले सजिलै भत्काएर डाटा ह्याक गरिरहेका छन् ।

साइबर आक्रमणबाट सुरक्षित गरि बनाइएका भनिएको सुरक्षा घेरा तोडेर ह्याकरहरूले सफलता प्राप्त गरिरहेका छन् ।

एकपटक फेरि धेरै डेटा ह्याक भएको सूचना बाहिर आएको छ । यस ह्याक गरिएको डेटामा फेसबुक, टुईटर पनि समावेश छन् ।
साईबर सुरक्षामा काम गर्दै आएको एक संस्था ‘भिन्नी ट्रोरिया’ ले यो सूचना बाहिर ल्याएको हो । विभन्नीका अनुसार यी सूचनाहरु जुन सर्वरमा राखिएको थियो त्यो सर्वर सुरक्षित छैनन् ।

फोर टिबी डेटा ह्याक भएको र त्यसमा १.२ अर्ब भन्दा धेरै व्यक्तिगत सूचनाहरु भएको दाबी भिन्नीले गरेको छ ।

यस ह्याकमा पासर्वर र पिन नम्बरहरु समावेश नभएपनि प्रोफाइल सम्बन्धी सम्पुर्ण सूचना र फोन नम्बरहरु समावेश रहेको बताईएको छ ।

रिर्पोटका अनुसार यस प्रकारको ह्याकमा प्रयोगकर्ताको नाम, फोन नम्बर र सामाजिक सञ्जालहरुसंग जोडिएको सबै प्रकारका सूचनाहरु छन् । यस ह्याकमा फेसबुक, टुइटर र अन्य सामाजिक सञ्जाल पनि रहेका छन् ।

भिन्नी ट्रोरियाका अनुसार यस डेटामा ५० मिलियन फोन नम्बर ६६२ मिलियन ईमेल एड्रेस पनि रहेका छन् । ट्रोरियाले आफ्नो अनुसन्धानमा भनेको छ कि ‘सामान्य ह्याकले पनि यस्तो सूचना सजिलै प्राप्त गरिरहेका छन् । यो राम्रो कुराको संकेत होईन् ।’

नेपाल जस्तो देशको डेटा पनि ह्याक भएको अनुमान गरिएको छ । यस प्रकारको ह्याकबाट संसारका धेरै मानिसहरु प्रभावित भएको अनुमान गरिएको छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here