अर्घाखाँची बस दुर्घटना: मृतकको संख्या १८ पुग्यो (अपडेट)

काठमाडौं,११ मंसिर । अर्घाखाँचीको नरपानीनजिकै बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। दुर्घटनामा परि १४ जना घाइते भएका छन्।

सन्धिखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु. २ ख २१४८ नम्बरको बस सडकबाट करिव ३ सय मिटर तल भिरबाट खसेर दुर्घटना भएको हो।

गाडी चालक अन्दाजी ३० वर्षीय ओमबहादुर थापा बसन्तको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा अर्घाखाँची सन्धिखर्क-७ कालीचौरका १८ वर्षीया माया पुरी, सोही ठाँउका १० वर्षीया मनिका खड्का, शितगंगा-२ सीतापुर झिर्राका २७ वर्षीया सीता बस्नेत र बस चालक करिव ३० वर्षीय वसन्त क्षेत्री रहेका छन्। अन्य मृतकको सनाखत हुन सकेको छैन। मृत्यु हुनेमा १२ जना पुरुष ६ जना महिला रहेको अर्घाखाँची प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here