महंगीको प्रभावः पसल फोडेर चोरले प्याज चोरे,पैसा चोरेनन्

काठमाडौं,१२ मंसिर । नेपाल, भारत र बंगलनदेशमा प्याजको भाउ उकालो लागेको छ । नेपालमा प्याजको भाउ दिनदिनै उकालो लागिरहेको छ ।

सरकारी स्वामित्वको कालीमाटी बजारमै थोकमा प्याजको मूल्य विहिवर २ सय ३० रुपैया पुगेको छ । प्याजको मूल्य पछिल्लो समय लगातार बढिरहेको छ। गत साउनदेखि नेपाली बजारमा प्याजको भाउ बढ्न थालेको थियो।

असारसम्ममा प्रतिकेजी ५० रुपैयाँभन्दा कम रहेको प्याजको मूल्य साउनमा ५५ रुपैयाँ पुग्यो। प्याजको मूल्य पाँच वर्षकै उच्च विन्दुमा पुगेको छ।

त्यसै भारतमा पनि प्याजको भाउ मंहगो नै रहेको छ । बढि मात्रमा प्या खपत हुने भारतमा भाउ मंहगिय पछि पसलबाट प्याज चोरी हुन लागेको छ ।

भारतको पश्चिम बंगालस्थित पूर्वमिदनापुरमा त्यस्तै घटना भयो। एक सब्जी पसल फोडेर चोरले प्याज चोरे तर छेउकै गल्लामा भएको पैसा छुँदा पनि छोएनन्। पसलका साहु अजय दास मंगलबार बिहान पनि सधैझैं आफ्नो पसल खोल्न गएका थिए।

तर त्यो दिन पसलमा तरकारी छरपस्ट थिए। पसलको हालत देख्नबित्तिकै अजयले चोरी भएको अनुमान लगाए र आफ्नो पैसा गन्न थाले। गल्लामा भएको पूरै पैसा ठीक थियो।

पछि उनले पसलबाट केही प्याजका बोरा गायब भएको थाहा पाए। ती चोरले ५० हजार मूल्य बराबरको प्याज, लसुन र अदुवा चोरेका थिए। भारतमा अहिले एक किलो प्याजको मूल्य भारू १०० रुपैयाँ पर्छ।

भारतीय परिकारमा निकै प्रयोग हुने प्याजलाई गरिबको तरकारी पनि मानिन्छ। साथै यसले चोरी निम्त्याउनेमात्रै होइन यसको तलमाथि हुने भाउका कारण भारतका शक्तिशाली नेताको राजनीतिक जीवननै समाप्त समेत पारिदिन सक्छ।

प्याज धेरै भारतीय परिकारमा यो अत्यावश्यक हुन्छ। त्यहाँका मानिसहरू रोटी र प्याज खान्छन् । दक्षिण तथा पूर्वी भारतमा अन्यत्र जस्तै धेरै प्याज प्रयोग हुँदैन। अनि केही धार्मिक समुदाय त यो खाँदै खाँदैनन्।

प्याज धेरै भारतीय परिकारमा यो अत्यावश्यक हुन्छ। त्यहाँका मानिसहरू रोटी र प्याज खान्छन् । दक्षिण तथा पूर्वी भारतमा अन्यत्र जस्तै धेरै प्याज प्रयोग हुँदैन। अनि केही धार्मिक समुदाय त यो खाँदै खाँदैनन्।

प्याज मंहगिदै गएपछि चोरहरूलाई पनि आकर्षित गर्छ। सन् २०१३ मा प्याजको भाउ अकासिँदा केही चोरहरूले प्याज बोकेको ट्रक चोर्ने प्रयास गरेका थिए जसलाई प्रहरीले रोकेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here