नेपाली महिला भलिबल टोली समूह ए को उपविजेता बन्दै सेमिफाइलनमा

काठमाडौं, १३ मंसिर । १३ औँ साग खेलकुद अन्तर्गत महिला भलिबल तर्फ नेपाल सेमिफाइलनमा प्रवेश गरेको छ।

शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशलाई २५-८,२५-११ र २५-९ को सोझो सेटमा हराएसँगै भारत समूह ए को विजेता र नेपाल उवविजेता बनेको छ ।

यसअघि नेपालले पहिलो खेलमा बंगलादेशलाई ३-० को सेटमा पराजित गरेको थियो। तर बिहीबार नेपाल भारतसँग ३-० ले स्तब्ध हुन पुगेको थियो। नेपालले अब सेमिफाइलनमा समूह बी को विजेतासँग प्रतिष्पर्धा गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here