शनिवार भुलेर पनि नगर्नुहोस् यी काम,के-के गर्दा अशुभ ?

काठमाडौं । शनिदेवलाई न्यायको देवता मानिन्छ । अर्थात् राम्रो काम गर्नेलाई राम्रो र नराम्रो काम गर्नेका लागि नराम्रो फल दिने देवता ।

शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ । यदि कुनै व्यक्तिको कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ ।

शनिदेवलाई खुसी राख्न चाहने व्यक्तिले पनि शनिवारको दिन भोजन गर्दा केही सावधानी अपनाउनुपर्ने हुन्छ । केही खानेकुरा यस्ता छन् जसलाई शनि देवताले मन पराउँदैनन् ।

शनिवारको दिन यी कार्यलाई थाती राखी काम अघी बढाए जीवन भर सुख शन्ति हुनेछ । नत्र हप्ताको सातै दिनभरीमा शनिवारलाई सबैभन्दा रमाइलो अनि आरामदायी दिन मानिन्छ। अनि यो दिनमा कोहि घरमै बसेर आराम गर्छन्, कोहि चाहिँ आफ्ना घर-परिवार, साथीभाईसँग बाहिर घुम्न या रमाइलो गर्न निस्कन्छन् भने कोहि चाहिँ सपिङ्ग गर्न बजार चहार्छन्।

धार्मिक तवरले हेर्ने हो भने, शनिवारको दिनलाई श्रीरामभक्त-पवनपुत्र हनुमानजीको पूजा र शनिदेवको आरधना गर्नको लागि सबैभन्दा सुभ दिन मानिन्छ। हुन त शनिवारको दिन नै बिदा मिल्ने हुनाले अधिकांशले यस दिनमा विभिन्न किसिमका सामानहरूको किनबेच गर्ने गर्छन्।

तर के तपाईँलाई थाहा छ ? शनिवारको दिन ‘शनिदेव’को दिन हो र यो दिनमा कुनै-कुनै निश्चित वस्तुको खरीदबिक्री गर्नाले त्यस व्यक्तिको जीवन अनि घर–परिवारमा अशुभ हुने शनि चालिसामा उल्लेख गरिएको छ।

१. फलामको वस्तु के मानिन्छ भन्दा, शनिवारको दिन फलामको वस्तु दान गर्दा सबैभन्दा शुभ हुन्छ भने त्यहिँ फलामको सामान किन्दा अथवा बेच्दा अशुभ हुने गर्दछ। त्यसैल यस दिनमा झुक्किएर पनि फलामको सामान खरीदबिक्रि गर्नुहुँदैन।

२. तेल शनिवारको दिनमा शनिको दृष्टिले थुप्रै वस्तुहरूमा प्रभाव परिरहेको हुन्छ। यदि तपाईँ शनिवारको दिन जुनकुनै प्रकारको तेल किन्न अथवा बेच्न जाँदै हुनुहुन्छ भने रोकिहाल्नुस्, किनभने यो दिन तेलको व्यापार गर्नाले रोगव्याधले सताउने विश्वास गरिन्छ। तर शनिवारको दिन तेलको दान गर्नु चाहिँ शुभ मानिन्छ।

३. नुन घरको लागि नुन किन्नुपर्यो भने शनिवार बाहेक अन्य कुनै दिनमा किन्नुहोस्। यो दिन नुन किन्दा ऋणले सताउने सम्भावना बढ्दछ।

४. कैँची कैँचीको काम भनेको कि काट्ने हो। त्यसैले शनिवारको दिनमा कैँचीको खरीद गर्दा तपाईँको आत्मिय साथी अथवा परिवारसँगको सम्बन्ध बिग्रने सम्भावना हुन्छ।

५. कालो तिल शनिवारको दिन शनिदेवको पूजा गर्दा कालो तिल चढाउन नबिर्सनुहोला। र यो दिन कालो तिल दान गर्नु पनि शुभ मानिन्छ। तर बिर्सिएर पनि शनिवार कालो तिल किन्ने अथवा बेच्ने भूल नगर्नुहोस्। यस्तो गरेमा तपाईँको गर्न लाग्नुभएको कुनै शुभ काममा बाधाअड्चन आइपर्ने सम्भावना बढ्दछ।

६. कालो रङ्गको जत्ता–चप्पल कालो रङ्गलाई शनिदेवको प्रतिक मानिन्छ। त्यसैले शनिदेवको पूजा(आरधना गर्दा कालो रङ्गको वस्त्र अथवा कुनै सामान चढाउनु लाभदायी मानिन्छ।ईअलनेपालडटकम तर यो दिन तपाईँको कालो रङ्गको जुत्ता अथवा चप्पल किन्नुभएमा तपाईँले आफूले गरेको कामबाट असफलता मिल्ने विश्वास गरिन्छ।

७. विद्यासाधन पढाई-लेखाई सम्बन्धी जुनकुनै सामानहरू हुन्छन् , कापी, कलम, पेन, मसी, किताब, झोला, इरेजर, कटर, आदि।, शनिवारको दिन नकिन्नुहोला र आफ्ना बालबच्चालाई पनि यो दिन कापी(कलम किन्न नलगाउनुहोला। यस्ता सामान किन्ने सबैभन्दा शुभदिन भनेको विहिबारको दिन हो।

-आपँको अचार खानबाट बच्नुहोस् । काँचो आँप अमिलो हुन्छ र शनि देव यस्तो चिजको विरोधी हुन् । शनिवारका दिन रातो खुर्सानी नखानुहोस् । त्यसको सट्टा कालो या हरियो खुर्सानिको प्रयोग गर्नु उपयुक्त हुन्छ ।
-शनिवारको दिन रक्सी पिउनाले कुन्डलीमा शुभ शनि हुँदा हुँदै पनि शनिको शुभ फल प्राप्त हुँदैन । शनिवारको दिन दुध या दही सेवन गर्दा त्यसमा वेसार वा सख्खर राखेर पिउनु पर्छ ।

-शनिवारको दिन घरमा फलाम या फलामबाट बनेका बस्तु ल्याउन हुँदैन । नुनको खरिद पनि शनिवार बर्जित गरिएको छ । उक्त दिन नून किन्दा घरमा दरिद्रता भित्रन्छ ।

-काठबाट बनेका सामान पनि शनिवार किन्न अशुभ मानिन्छ । शनिवार सर्सिउको तेल दानको महत्व छ तर त्यस दिन किन्न हुँदैन ।

-शनिवारको दिन कालो रंगको लुगा या जुत्ता किन्न लाग्नु भएको छ भने विचार गर्नुहोस् शनिवार यस्तो वस्त्र किन्न उपयुक्त हुँदैन ।

शनिदेवका ९ वाहन र त्यसले जीवनमा पार्ने प्रभावबारे

१. शनिदेवको वाहन हाँस : शनिको वाहन हाँस यसलाई शुभ मानिन्छ। आफ्नो बुद्धि र मेहनतले भाग्यको पुरा सहयोग लिन सकिन्छ। यस अवधिमा आर्थिक अवस्थमा सुधार देख्न सकिन्छ। हाँसलाई शनिको वाहन मध्य सबैभन्दा राम्रो मानिन्छ।

२. शनिदेवको वाहन मयुर : शनिको वाहन मयुर भयो भने शुभ संकेत मिल्छ। यो समयमा आफ्नो मेहेनतको साथमा भाग्यको पनि साथ मिल्छ। यो समयमा समझदारीले काम गर्नाले ठूलो समस्याबाट पनि पार हुन सकिन्छ।

३. शनिदेवको वाहन स्याल : यदि शनिको वाहन स्याल भयो भने शुभ संकेत मिल्दैन। यो समयमा अशुभ समाचार धेरै सुन्न पर्ने सम्भावना बढ्छ । यस्तो स्थितिमा हिम्मतले काम लिनुपर्छ।

४. शनिदेवको वाहन भैंसी : यदि शनिदेवको वाहन भैंसी भयो भने मिश्रित फल प्राप्त हुन्छ। यो स्थितिमा समझदारी र होशियारी पुर्बक काम गर्नु राम्रो हुन्छ । यदि सावधानीले काम गरेन भने नराम्रो संकेत देखा पर्छन।

५. शनिदेवको वाहन काग: शनिको वाहन काग भयो भने त्यो समयमा असामंजस्य मा वृद्धि हुन्छ। परिवार र अफिसमा कुनै मामलालाई लिएर असामंजस्य वा संघर्षको स्थिति आयो भने त्यसबाट बच्न पर्छ। यो समयमा शान्ति, संयम र समस्या समाधान गर्न बातचीत गर्ने प्रयास गर्नुपर्छ।

६. शनिदेवको वाहन हात्ती: शनिको वाहन हात्ती भयो भने यसलाई अशुभ मानिन्छ। यसले मान्छेको आशा विपरित फल दिन्छ। यो स्थितिमा साहस र हिम्मत काम लिनुपर्छ।

७. शनिदेवको वाहन सिंह : शनिको सवारी सिंह भयो भने शुभ फल मिल्छ। यो समयमा बुद्धिमानीपूर्वक र चतुराईले काम लिनु पर्छ यसले शत्रु पक्षलाई पराजित गर्न मद्दत गर्छ।

८. शनिदेवको वाहन घोडा: यदि शनिदेवको वाहन घोडा भयो भने शुभ फल मिल्छ। यो समयमा समझदारीले काम लिनु भयो भने शत्रुसँग सजिलै बिजयी प्राप्त हुन्छ। घोडालाई शक्तिको प्रतिक मानिन्छ। त्यसैले मानिस यो समयमा जोश र जाँगरले भरिएको हुन्छ।

९. शनिदेवको वाहन गधा: शनिदेवको वाहन गधा हुन्छ भने यसलाई अशुभ मानिन्छ। शुभ फल प्राप्तमा कमि आउछ। यो स्थितिमा काममा सफलता प्राप्त गर्नको लागि धेरै संघर्ष गर्नुपर्छ।

शनिदेवलाई हिन्दु धर्ममा न्यायको देवता मानिन्छ। धेरै मानिसले शनिदेवलाई कठोर मान्छन किनकी शनिको डरले धनवान व्यक्ति पनि दरिद्र बन्छ। तर यो सही होइन, वास्तबमा शनिदेव न्यायको देवता हुन् र उनको न्याय निष्पक्ष हुन्छ। निष्पक्ष न्यायमा सजाय पनि मिल्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here