उपनिर्वाचनः रोल्पाको थवाङमा र सल्यानमा नेकपा विजयी

रोल्पा,१४ मंसिर । रोल्पाको थवाङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) विजयी भएको छ। थवाङ-१ मा भएको उपनिर्वाचनमा नेकपाका उमेदवार जनकबहादुर बुढाले १७४ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका कलम रोकाले २६ मत ल्याएका छन्। २०८ मत खसेकोमा थवाङमा ९ मत बदर भएको थियो।

त्यस्तै सल्यान कुमाख गाउँपालिका-५ मा पनि मतगणना सकिएको छ। गाउँपालिका ५ को वडा अध्यक्षको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धर्मे बुढाथोकी निर्वाचित भएका छन्।

नेकपाका उम्मेदवार बुढाथोकीले ७ सय ९२ मत ल्याई विजयी भएका हुन्। निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका खड्ग बहादुर बोहराले २ सय ५१ मत प्राप्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here