साग हुने स्थानमा वल्डलिंकको नि:शुल्क इन्टरनेट

काठमाडौं, १५ मंसिर । वल्डलिंकले दक्षिण एशियाली खेलकुद (साग) हुने सबै रंगशालाहरुमा खेल अबधिभर उच्चगतिको इन्टरनेट नि:शुल्क उपलब्ध गराउने भएको छ ।

प्रयोगकर्ताले आफ्नो मोवाइल नम्बरबाट लगइन गरेर दैनिक १ जिवी डाटा दैनिक रुपमा निशुल्क प्रयोग गर्न पाउने छन् । वल्डलिंकले यसका लागि फेसबुकको प्लेटफर्म एक्स्प्रेस वाइफाइसँग सहकार्य गरेको छ ।

काठमाडौं र पोखरामा डिसेम्बर १ देखि १० सम्म हुन गइरहेको यस तेह्रौं एशियाली खेलकुदमा २७ वटा विभिन्न खेलका प्रतियोगिता हुनेछन् ।

मुख्य खेल हुने स्थानदशरथ रंगशाला, त्रिपुरेश्वर कभर्डहल, सातदोबाटो स्पोर्टस कम्प्लेक्स, आर्मी फिटनेस सेन्टर लगनखेल, पोखरा रंगशाला, पोखरा कभर्डहलमा वल्र्डलिंकको निशुल्क वाइफाइ उपलब्ध हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here