नाली खन्ने क्रममा ढिस्कोमा पुरिएर ५ जनाको मृत्यु

कास्की, १५ मंसिर । कास्कीको पोखरा उपमहानगरपालिका–२० मौजा बिसौनास्थित बाटो स्तरोन्नतीको क्रममा माटोको ढिस्कोले पुरिएर पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गणेश ओली, खिमलाल बस्नेत, जीतबहादुर बस्नेत, जगेन्द्र बुढाथोकी र तोवन बस्नेत रहेका छन् ।

भलामबाट मौजा पुग्ने सडकखण्डको स्तरोन्नतीका लागि पर्खाल लगाउने क्रममा कामदारलाई माथिबाट खसेको ढिस्कोले पुरेको प्रहरीले जानकारी दिएको छ । दुईजनाले भनेर भागेर ज्यान जोगाएका छन् ।

पुरिएर मृत्यु हुनेहरु सल्यानवाट वाटो निर्माणको कामका लागि पोखरा आएका मजदुरहरु हुन् । महानगरपालिकाको कजेक्टिभिटी रोड अन्र्तगतको योजनामा काम भएको थियो।

पानीले गलेको जमिन र चर्को घामले सुक्दा पहिरो गएको हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here