उपनिर्वाचन: भक्तपुरमा कांग्रेसका भँडेल विजयी

काठमाडौं, १५ मंसिर । भक्तपुर १ (क) मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ ।

प्रदेशसभा सदस्यका लागि शनिबार भएको उपनिर्वाचनमा कांग्रेसका उमेदवार कृष्णलाल भँडेलले २ हजार २ सय ४२ मतले जीतेका हुन् ।

कांग्रेसका उमेदवार भँडेलले १३ हजार ४४८ मत ल्याएर निर्वाचित भए भने निकटतम प्रतिस्पर्धी नेकपाका डीपी ढकालले ११ हजार २ सय ६ मत पाएका छन् ।

नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् । अघिल्लो पटक यस क्षेत्रमा तत्कालिन एमालेबाट हरिश्चरण लामिछाने विजय भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here