प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १५ मंसिर । आइतवार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ ।

शुक्रवार प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आइतवार ३०० रुपैयाँले बढ्दै प्रतितोला ७१ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य पनि आइतवार प्रतितोला ३०० रुपैयाँ बढेको छ ।

शुक्रवार प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा आइतवार प्रतितोला ३०० रुपैयाँ बढ्दै ७१ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले बताएको छ।

आइतवार चाँदीको मूल्य भने यथावत नै रह्यो ।

आइतवार चाँदीको मूल्य प्रतितोला ८ सय ५५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here