‘भिजीट नेपाल २०२०’: मनै लोभ्याउने अन्तुडाँडा र मिर्मिरे सूर्योदय (फोटो फिचर)

काठमाडौं । आँखै अगाडी उदाउँदो सुर्य, हरियो कार्पेट ओछ्याय जस्तै चारैतिर चियावारी आहा ईलाम ‘अन्तुडाँडा’ ।

अन्तुडाँडा पर्यटक लोभ्याउने एक प्रमुख आकर्षण केन्द्रको रुपमा विकास हुँदै छ ।

इलाम कन्यामबाट लगभग ४५ मिनेट हिडेपछि एउटा सोनो र कच्ची टावर आउँछ । टावरमा चढेर हेर्दा तराइका समथर फाँटदेखि दार्जिलिङ र आँखै लोभ्याउने कञ्चनजंगा हिमालको मनोरम दृश्य देखिन्छ ।

त्यो भन्दा पनि महत्वपूर्ण त बंगोप सागरबाट उदाउँदो सूर्योदयको दृश्य आँखै देखिनु कन्यामको सबैभन्दा महत्वुर्ण विशेषता हो ।

एकपटक गएका मानिसहरुलाई स्वर्गको अनुभव गराउने अन्तुडाँडाको सूर्योदय सूर्योदयको दृश्यावलोकनका लागि नेपालकै उत्कृष्ट मानिन्छ ।

यस्तो देखिन्छ अन्तुडाँडामा सूर्योदयः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here