शेयर बजार स्थिर, साढे २० करोडको कारोबार

काठमाडौं, १५ मंसिर । आइतवार नेप्से परिसूचक ०.०७ अंकले बढेर १ हजार १ सय १२.८५ अंकमा पुगेको छ । यसलाई विज्ञहरुले स्थिर भनेका छन् ।

आइतवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स भने घट्यो । सेन्सेटिभ इन्डेक्स ०.५० अंकले घटेर २ सय ४६.१५ अंकमा भरेको छ ।

आइतवार होटल, जलविद्युत, फाइनान्स, उत्पादन, अन्य र जीवन बिमा समुहको सूचक घट्यो बढ्यो भने बैकिङ्ग, ट्रेडिङ, विकास बैंक, निर्जीवन बिमा, लघुवित्त र सामुहिक लगानी कोष समुहको सूचक घट्यो ।

सबैभन्दा धेरै जीवन बिमा समुहको सूचक बढ्यो । जीवन बिमाको सूचक २.६१ प्रतिशत बढ्यो । त्यस्तै, अन्य समुहको ०.६५ प्रतिशत, फाइनान्स समुहको ०.५३ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक घट्यो । ट्रेडिङको सूचक २.८७ प्रतिशत घट्यो । त्यस्तै, सामुहिक लगानी कोषको ०.९० प्रतिशत, विकास बैंकको ०.५८ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

आईतवार १ सय ६१ कम्पनीको ६ लाख ७५ हजार ३८ कित्ता शेयर किनबेच हुँदा २० करोड ६३ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

आइतवार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सका शेयर धनीले कमाए । नेपाल लाइफको शेयर मूल्य ४.७३ प्रतिशत बढ्यो । त्यस्तै, पोखरा फाइनान्सको ४.४४ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा घोडीघोडा लघुवित्त वित्तीय संस्थाका शेयर धनी रहेका छन् । घोडीघोडाको शेयर मूल्य ९.९० प्रतिशत घट्यो । त्यस्तै, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ५.२८ प्रतिशत घट्यो ।

आइतवार सबैभन्दा धेरै कारोबार नबिल बैंकले गरेको छ । बैंकले १ करोड ७५ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here