चेम्बर सदस्य र प्रधानमन्त्री ओलीबीच भेट, स्वास्थ्य लाभको कामना

काठमाडौं, १५ मंसिर । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ सहितको टोलीले महाराजगञ्जस्थित त्रि.वि.शिक्षण अस्पतालमा पुगेर सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

आइतवार अध्यक्ष श्रेष्ठ सहित अस्पताल पुगेको चेम्बर टोलीले प्रधानमन्त्री ओली संग भेट गरी स्वास्थ्य लाभको कामना गरेका हुन् ।

उक्त टोलीमा अध्यक्ष श्रेष्ठ सहित चेम्बरका पदाधिकारीहरु, कार्य समितिका सदस्यहरु थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here