कास्की – २ मा विद्या भट्टराई विजयी

कास्की, १५ मंसिर । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा भएको निर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी उमेदवार विद्या भट्टराई विजयी भएकी छन् ।

निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार खेमराज पौडेलभन्दा आठ हजार ४०९ मतान्तरले नेकपा उमेदवरा भट्टराई विजयी भएकी हुन् । उनले २४ हजार ३९५ मत ल्याएकी छन् भने कांग्रेस उमेदवार पौडेलले १५ हजार ९८६ मत ल्याएका छन् ।

अहिले मतगणना सकिएको छ । तर, यसको औपचारिक घोषणा गर्न भने बाँकी छ । यसअघिको निर्वाचनमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजित गरेका थिए ।

जितसँगै नेकपाले कास्की २ मा आफ्नो किल्ला कायम राख्न सफल भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here