वानप्लस सेभेन टि प्रो नेपालमा सार्वजनिक, मूल्य १ लाख

काठमाडौं, १५ मंसिर । वानप्लसले नयाँ स्मार्टफोन वानप्लस सेभेन टि प्रो नेपालमा सार्वजनिक गरेको छ ।

यसमा ६.६७ इन्चको फ्लुइड एमोलेड ३१२०x१४४० एचडीप्लस रेजोल्युशनको कर्निङ गोरिला ग्लास ५ र एचडीआर१० सर्टिफाइड ९० एचजेड डिस्प्ले छ ।

यसमा शक्तिशाली स्न्यापड्रेगन ८५५ अक्टा कोर प्रोसेसर र सेभेन एनएम एन्ड्रिनो ६४० चिपसेट रहेको छ । यो एन्ड्रोइड १०.० र अक्सिजन ओएस १०.०.४ मा चल्छ । वानप्लस सेभेन टि प्रोमा स्टोरेजका लागि २५६ जीबी यूएफएस ३.० स्टोरेज र ८ जीबी र्याम छ।

वानप्लस ७ टि प्रोमा मोटोराइज्ड पपअप १६ एमपी फ्रन्ट क्यामेरा, ४८ एमपी प्रमुख क्यामेरा, १६ एमपी अल्ट्रावाइड, ८ एमपी, तीन गुणा अप्टिकल जुम, पिडीएएफ, लेजर एएफ, ओआईएस डुअल एलईडी फ्लास, एचडीआर र पानारोमा जस्ता विशेषता रहेका छन् ।

यसमा ०.२८ सेकेण्डको फेस अनलक र अन्डर डिस्प्ले फिङगर प्रिन्ट रहेको छ ।

यसमा वाईफाई कनेक्टीभिटी, ब्लुटुथ ५.०, एनएफसी, जीआरएस र डब्लुल्यान जस्ता विशेषता छ । वानप्लस ७ टि प्रोमा शक्तिशाली ४०८५ एमएएच फास्ट ब्याट्री चार्जर ३० वाट (५ भी, ६ ए) चार्जिङग टेक्नोलोजी रहेको छ ।

वानप्लस ७ टि प्रो हेज ब्लुमा रु ९९ हजार ९ सय ९९ मा नेपालभरका अधिकृत वानप्लस स्टोरहरुमा उपलब्ध छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here