ओपो रेनोटू एफ र डल्बीको संयोजन

काठमाडौं । मिडिया, सृजनशीलता, मनोरञ्जन लगायतका लागि ओपो रेनोटू प्रिमियर सिरिज बजारमा सार्वजनिक गरिएको छ ।

यस पक्षमा रेनोटू एफको सिनेमास्तरको श्रब्य गुणस्तरपनि कुनै पक्षमा कम छैन ।

रेनोटू एफमा प्रयोगकर्तालाई उत्कृष्ट श्रब्य अनुभव पस्किने सोचका साथ डल्बी एट्मस, ब्यवस्थित स्टेरियो स्पिकर्स र चार विशेष अडियो मोड लगायत अडियो फिचर्सको ब्यवस्था गरिएका छन् ।

रेनोटू एफमा उपलब्ध गरिएको उत्साहजनक डल्बी एट्मसले प्रयोगकर्ता (श्रोता) लाई जीवन्त श्रब्य अनुभव प्रदान गर्छ ।

डल्बी एट्मसले प्रयोगकर्तालाई पूर्णरुपमा आवाजको संसारमा भुलाउने क्षमता भएको डिजिटल सराउण्ड साउन्ड मार्फत शक्तिशाली श्रब्य अनुभव प्रदान गर्छ ।

यसले प्रेसित गर्ने आवाजको गुणस्तर अविश्वसनियरुपमा स्पष्ट हुनुका साथै श्रोतालाई पहिले सुन्न नसकिएका विस्तृत आवाज समेत सुन्न सघाउँछ ।

डल्बी एट्मसको डायलग ईन्हेन्समेन्ट, भोल्यूम लेभलिङ र भर्चुअलाईज्ड ईमर्सिभ अडियो लगायत सुविधाले प्रयोगकर्तालाई सर्वोत्तम श्रब्य अनुभव प्रदान गर्छ ।

डल्बी एट्मसले प्रदान गर्ने सराउण्ड साउन्ड ईमर्सनको उत्कर्षले प्रयोगकर्तालाई आफैँ वास्तविक रुपमा भर्चुअल संसारमै भएको झैँ जीवन्त अनुभव लिन सघाउँछ ।

सुदृढ लाउडनेस, स्पष्ट वाक तथा नियन्त्रित ब्याकग्राउण्ड नोइज लगायत विशेषगरी मोबाइल प्रयोगकर्ताहरुका लागि उपयुक्त र अत्यावश्यक फिचर्सहरु डल्बी एट्मसमा उपलब्ध रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here