सार्वजनिक ठाउँका विज्ञापन,पर्चा, पम्प्लेट हटाउन महानगरको एक हप्ते सूचना

काठमाडौं,१६ मंसिर । महानगरपालिकाले अनधिकृत विज्ञापन, पर्चा, पम्प्लेटलगायतका विज्ञापन ७ दिनभित्र हटाउन निर्देशन दिएको छ ।

सोमबार सूचना जारी गर्दै महानगरले घर, कम्पाउण्ड, छत, बिजुलीका पोल, सडकमा राखिएका डिभाइडर लगायतमा राखिएका पर्चा पम्पलेट, भित्तेलेखनजस्ता अनधिकृत विज्ञापन बोर्ड आफै हटाउन निर्देशन दिएको हो।

विज्ञापनले सहर कुरुप बनाएको र मानव स्वास्थ्यमा असर परेकाले तत्कालै त्यस्ता विज्ञापन हटाउन महानगरले एक हप्ते सूचना निकालेको हो ।

सात दिनभित्र सम्बन्धित संस्था तथा व्यक्तिले विज्ञापन नहटाए महानगरले हटाउने र त्यसवापत लागेको खर्च पनि उनिहरुबाटै असुलिने महानगरपालिकाले जनाएको छ ।

सर्वोच्च अदालतको २०७२ सालको भदौ १६ गतेको फैसलाले पनि काठमाण्डौमा विज्ञापन र प्रचार सागम्री राख्न नपाउने व्यवस्था गरेको थियो ।

यस्तै, महानगरपालिकाको २०७६ साल कात्तिक १७ गतेको निर्देशिका र विज्ञापन नितिले पनि सहर कुरुप बनाउने र मानव स्वास्थ्यमा असर गर्नेगरी विज्ञापन तथा प्रचार सामग्रीमा रोक लगाएको छ ।

त्यही आदेश पालना गर्दै महानगरले सूचना जारी गरी कार्यन्वयनमा ल्याएको हो। केही विज्ञापन अझै बाँकी देखिएकाले महानगरले सात दिन भित्र विज्ञापन हटाउन निर्देशन दिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here