१३ औं साग पुरुष फुटबलः भोलि नेपाल र भुटान भिड्दै

काठमाडौं, १६ मंसिर । मंगलवार नेपालले भुटान विरुद्ध आफ्नो पहिलो १३ औं साग फुटबल प्रतियोगिता खेल्दै छ ।

दशरथ रंगशालामा दिउँसो १ बजेबाट हुने खेलमा नेपालले होम ग्राउण्डको फाइदा लिदैँ खेल जित्ने लक्ष्य लिएको छ ।

नेपाल ४ वर्षपछि दशरथ रंगशालामा आफ्नो पहिलो खेल खेल्दै छ ।

सोमवार भएको भुटान र बङ्गलादेशको खेलमा भुटानले बङ्गलादेशलाई १—० गोल अन्तरले पराजित गरेको थियो ।

भुटानले प्रस्तुत गरेको खेल अनुसार मंगलवार नेपाललाई पनि केही मात्रामा दबाब महशुस हुने देखिन्छ ।

नेपालको समुहको नेपाल, भुटान र बङ्गलादेश रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here