नेप्से स्थिर, २३ करोडको कारोबार

काठमाडौं, १६ मंसिर । साताको दोस्रो दिनपनि शेयर बजार ओरालो लागेको छ । सोमवार नेप्से परिसूचक ०.८६अंकले घटेर १ हजार १ सय ११.९९ अंकमा झरेको छ । यसलाई विज्ञहरुले स्थिर भनेका छन् ।

सोमवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सेन्सेटिभ इन्डेक्स ०.४४ अंकले घटेर २ सय ४५.७१ अंकमा झरेको छ ।

बैकिङ्ग, ट्रेडिङ र जलविद्युत बाहेक अन्य सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक बढ्यो । ट्रेडिङको सूचक ३.२० प्रतिशतले बढ्यो । त्यस्तै, जलविद्युत समुहको ०.२४ प्रतिशत बढ्यो भने बैंकिङ्ग समुहको ०.११ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै जीवन बिमा समुहको सूचक घट्यो । जीवन बिमाको सूचक १.२६ प्रतिशतले घट्यो । त्यस्तै, सामुहिक लगानी कोषको ०.९२ प्रतिशत, होटल समुहको ०.५० प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

सोमवार १ सय ६४ कम्पनीको ८ लाख २६ हजार ३ सय ६८ कित्ता शेयर किनबेच हुँदा २३ करोड २२ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

सोमवार सबैभन्दा धेरै नेशनल लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । नेशनल लघुवित्तको शेयर मूल्य ९.९६ प्रतिशत बढ्यो । त्यस्तै, माहुली सामुदायीक लघुवित्त वित्तीय संस्थाको ७.८३ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा अरुण कावेली पावरका शेयर धनी छन् । अरुण कावेलीको शेयर मूल्य ६.५५ प्रतिशत घट्यो ।

सोमवार सबैभन्दा धेरै कारोबार गर्नेमा एनएमबी बैंक रहेको छ । बैंकले १ करोड ९३ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here