पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य बढ्यो,प्रतिलिटर कति ?

काठमाडौं,१६ मंसिर । पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्य बढेको छ । नेपाल आयल निगमले प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको हो ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ तथा डिजल र मट्टीतेलको प्रतिलिटर ९७ रुपैयाँ कायम गरिएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

वृद्धि भएको मूल्य सोमबार राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

आईओसीले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्यसमेत बढाएर पठाएको भए पनि त्यसको मूल्य भने नबढाइएको निगमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here