सिद्धबाबामाथिका आरोपसँग सम्बन्धित ५२ पेज म्याजेस,४४ दिनको धम्कीबारे किन चर्चा हुँदैन ?

दिपक घिमिरे

अहिले सामाजिक सञ्जालदेखि देशको अधिकांस सञ्चार माध्यमा चर्चाको विषय बनेको छ जगदगुरु रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबा प्रकरण ।

रामानन्दाचार्य सेवा पीठ,श्रीराम तारक ब्रम्ह पीठ सुनसरी चतरा र महायोगी सिद्धबाबा अध्यात्मिक प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सिद्धबाबा माथि एक २९ वर्षीया महिलाले आफूलाई करणी गरेको आरोप लगाएकी छिन् । तर सिद्धबाबा भने आफूलाई षडयन्त्रमा पारिएको दाबी गरिरहेका छन्।

अनुयायीहरु सिद्धबाबा माथि लागेको आरोपको बारेमा स्वतन्त्र र निश्पक्ष छानबिन भएर सत्य, तथ्य बाहिर आउनुपर्ने आवाज उठाईरहे पनि सञ्चार माध्यमले उनिहरुलाई आवाज विहिन बनाई रहेको छ ।

आरोपीले जाहेरी दिएपछि दुवैतर्फीबाट बयान नै सुरु नभई सकेको अवस्थामा र आरोपीले चरित्र हत्याको लागि प्रयोग गरेको ५२ पेज लामो म्यासेज बाहिरि सकेको अवस्थामा मिडियाको भुमिका एकोहोरो देखिएको छ ।

नेपाल आएर आफ्नो मूल सभ्यता जोगाउदै हिडेका सिद्धबाबा गलत नै थिए त ? नेपाल एक हिन्दु राज्य थियो,अब फेरि पनि हुनु पर्छ भन्नु गतल नै थियो त ? पश्चिमाको प्रभाव पर्दै गएको अवस्थामा हाम्रो मुल शास्त्र ज्ञान लाई योगको माध्यम बाट विश्वचिनाउने अभियानमा चिनाउनु ,

आयुर्वेद विश्वविद्यालय, गौपालन, हरित क्रान्ति, प्राकृतिक चिकित्सा, जडिबुटी उत्पादन, उपचार आवास र प्रशिक्षण, आश्रम धर्मशाला, नेपालमा हरित क्रान्ति, आयुर्वेदको प्रचुर सम्भावना भएको देशमा आयुर्वेद विश्व विद्यालय स्थापना गर्नु पर्छ भनेर आवाज उठाउनु गलत थियो त ? अनेक प्रश्नहरु उब्जिएका छन् ।

एक सिद्ध पुरुष को चरित्र हत्याको लागि ५२ पेज लामो म्याजेस, ४४ दिनको काउन डाउन कुनै प्रमाण होइन र ? यसमा सञ्चार माध्यमहरु किन मौन छन् ? सिद्धबाबालाई ‘भेट्ने र चुम्बन गर्ने तथा अंकमाल गर्ने’ जस्ता इच्छा व्यक्त गरिएको विवरण म्यासेजमा छन् ।

ती महिलाले ‘एकान्तमा भेट्ने’ इच्छासमेत व्यक्त गरेकी थिइन् । तर म्यासेजहरुको जवाफ फर्काइएको छैन ।

महिलाले लेखेको म्यासेजमा छ- मेरा आँखाअगाडि देख्दा पनि छुन पाउनु छैन किन? मेरो भावलाई किन चोरेको? तेही भावको आनन्दमा डुब्नसमेत नदिने? … अब त दया गरिस्यो… त्यो दिव्य अनुभूति अनि अँगालोमा हजुर हुँदा मेरो के हाल होला? हे प्यारे कहिले सकिन्छ प्रेमको गलिको यात्रा? हेरिस्यो है अब धेरै सहने छैन.. तीन महिनापछि म मरेको खबर पढ्न तयारी गरे हुन्छ।

सपनामा कात्तिकमा आइज भन्ने देखेको छु। त्यत्तिञ्जेल कुर्छु, नत्र मर्दिन्छु…, … केही त गरिस्यो, हरेक रात हजुरसँग बितोस्, हैन भने मर भनिस्योस्, पखिस्योस् न, जुन दिन हजुरको चरण छुन पाउँछु, च्याप्प अँगालोमा हालेर छोड्दै छाड्दिन, ‌ओठमा चुमिहाल्छु, मेरो चाहना पूरा गरेपछि जति गाली गरे नि गरिस्यो… यस म्यासेजहरु निर्दोष नै हुन् त ?

टुना टोड्का र धामि झाक्रिको विरोध गर्ने सिद्धबाबाले मोहनि लगाए भन्दा पत्याउने आधार के ? यसको बारेमा समाचार बन्दैन र ?

५० को दशकमा चतरास्थित अहिलेको कुम्भक्षेत्र चतराधाममा आर्यघाट थियो । यस क्षेत्रलाई दुर्वासा घाट भनिन्थ्यो । बस्ती थिएन । खयर र काँडाघारी सिद्धबाबाको अनेकौ प्रयासले बनेको यी स्थानलाई चतराधाम हुँदै श्रीराम तारक ब्रह्म पिठ कसले, कसरी बनायो ?

राष्ट्रिय मिडिया बाटै प्रत्यक्ष प्रसारण गरिएको भू–समाधि पनि झुटा हो? पूर्विय दर्शनलाई आफ्नो जिवनमा प्रत्यक्ष उतारेर देखाउने महायोगी सिद्धबाबा माथि प्रहार गरि हाम्रो मुल दर्शन सक्ने खेल त भईरहेको छैन? कतै नेपाल र नेपालीले माल पाएर चाल नपाएका त हैनन् ? घटनाको सत्य तथ्य छिटै सार्वजनिक होस्……….

जगदगुरु महायोगी सिद्धबाबामाथि चरित्र हत्या गर्ने दुष्प्रयास,संगठित गिरोहहरु सक्रिय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here