महिलाका लागि सबैभन्दा सुरक्षित देश अष्ट्रेलिया, पपुवा न्युगिनी असुरक्षित

काठमाडौं । अष्ट्रेलिया महिलाको लागि विश्वको सबैभन्दा सुरक्षित देश बनेको छ । न्यु वर्ल्ड वेल्थको तथ्यांकका अनुसार अष्ट्रेलियाले लगातार दोस्रो पटक महिलाको सुरक्षाको लागि शीर्ष स्थानमा कब्जा जमाएको हो ।

यो अध्ययन दक्षिण अफ्रिकाको जोहानेसबर्नमा रहेको एउटा समूहले गरेको हो । जसले सम्पत्तीको बृद्धि, आर्थिक बृद्धि, प्रेस स्वतन्त्रता र महिला सुरक्षामा अध्ययन गरेको थियो ।

‘सम्पत्ती बृद्धि र महिला सुरक्षा एक–अर्कासँग जोडिएका विषय हुन् । महिला सुरक्षा देशको आर्थिक बृद्धिमा प्रतयक्ष रुपमा जोडिएको छ,’ रिपोर्टमा उल्लेख छ ।

रिपोर्ट अनुशार महिला सुरक्षा र सम्पत्ती बृद्धि ९० प्रतिशत एक अर्कासँग जोडिएका छन् ।

‘महिलाको सुरक्षाका कारण देशको सम्पत्ती बृद्धिमा पनि बढोत्तरी आइरहेको छ,’ रिपोर्टमा उल्लेख छ ।

रिपोर्टमा १९५ मध्ये जम्मा ५८ देशको मात्र अपराधको अभिलेख विश्वसनीय पाइएको रिपोर्टले जनाएको छ । पछिल्लो एक वर्षमा भएका बलात्कार, श्रम शोषण, हिंसा लगायतका अपराधका पीडितको प्रतिशतलाई आधार बनाएर यो सर्वेक्षण गरिएको थियो ।

महिलाका लागि सबैभन्दा सुरक्षित पाँच देश
१. अष्ट्रेलिया
२. माल्टा
३. आइसल्याण्ड
४. न्यूजिल्याण्ड
५. क्यानडा

शीर्ष पाँचमा रहेका देशहरु विश्वका धनी ब्यक्तिहरुको आकर्षणको गन्तब्य समेत हो । युरोपेली देशहरुमा पछिल्लो समय महिलाहरुको सुरक्षामा त्यति संवेदनशील नपाइएको सो रिपोर्टमा उल्लेख छ ।

सो अध्ययनमा महिलाका लागि सुरक्षित महादेशको पनि उल्लेख गरेको छ ।
युरोपः माल्टा, मोनाको, आइसल्याण्ड, स्वीट्जरल्याण्ड
एसिया प्यासिफिकः अष्ट्रेलिया, न्यू जिल्याण्ड, जापान, दक्षिण कोरिया
अफ्रिकाः मउरिसस, बोट्स्वाना, नामिविया
अमेरिकाः संयुक्त राज्य, क्यानडा

पछिल्लो समय भएका विभिन्न अध्ययनहरुले सम्पत्ती र सुरक्षाको हिसाबमा अष्ट्रेलिया अघि रहेको देखाएका छन् ।

महिलाका लागि विश्वकै सबैभन्दा खतरनाक देशको सूचीमा पपुवा न्युगिनी परेको छ । विश्वभर महिलाविरुद्ध हुने हिंसाविरुद्ध आवाज उठिरहेका बेला न्युगिनीका ७० प्रतिशत महिला जीवनकालमा बलाकात्कारको शिकार हुने गरेको जनाईएको छ ।

त्यही महिलाविरुद्ध हुने सिंहलाई जायज मान्ने परम्परा रहेको पाइएको छ । महिलामाथि बलात्कार तथा यौनजन्य हिंसा हुनु सामान्य भए पनि दोषी कारबाही भने नगन्य मात्रमा हुने गरेको छ ।

महिलामाथि हुने हिंसाका घटनाहरुको अध्ययन गरेर यो बताइएको छ कि ७० प्रतिशत महिला बलात्कारको शिकार हुने गरेका छन् ।

सञ्चारमाध्यमहरुले जनाएअनुसार पपुवा न्यु गिनीका महिलाहरु त्यहाँ हुने हिंसाबाट अत्यन्त ग्रसित छन् । त्यहाँ बलात्कार तथा महिलामाथि हुने हिंसाको घटनादर अत्यन्त उच्च रहेको छ । २०१८ को जनवरी देखि अहिलेसम्म घरेलु हिंसा र बलात्कारका ६ हजार घटनाहरु दर्ता भएका छन् ।

पपुवा न्यु गिनीमा स्थानिय गुण्डाहरुमाथि बलात्कारको सबैभन्दा धेरै आरोप लाग्ने गरेको छ । यस्ता व्यक्तिहरुको ग्यांगले महिलामाथि सामुहिक बलात्कार गर्दै आईरहेका छन् ।

बलात्कार गर्नेहरु प्रहरी तथा प्रशासनसँग नडराई खुलेर बलात्कारको बारेमा बोल्ने गर्छन् । उनिहरुले महिलालाई बलात्कार गर्न, लुट्न सबैभन्दा सजिलो रहेको प्रतिक्रिया समेत दिएका छन् ।

बीच सडकमा कुनै महिलालाई कसैले कुटपिट गरेपनि कोही बचाउन आउँदैनन । महिलामाथिको हिंसा सामान्य रहेको छ । शहरमा महिला हिंसाको उजुरीका कारण पपुवा न्यु गिनीको सरकारलाई सेफ हाउसको स्थापना गर्न परेको छ । अधिकांश महिलाहरु सेफ हाउसमा बस्दै आएका छन् ।

पपुवा न्यू गिनीले ५ वर्ष अगाडि फ्यामिली प्रोटेक्शन ऐक्ट बनाएको थियो । उक्त एक्टले घरेलु हिंसा गर्नेलाई दुई सालको जेल र दुई हजार अमेरिकी डलर सजायको व्यवस्था गरेको छ ।

यसले महिलाहरुको आत्मबल बढाएको छ । पपुवा न्यू गिनीको समाज पितृसत्तामा आधारित छ । सम्पूर्ण अधिकार पुरुषको हातमा छ ।

पोर्ट मोरस्बी शहरमा रहेको बोमाना जेलमा रहेका २७ जना कैदी मध्ये १२ जनालाई बलात्कारको आरोपमा नियन्त्रणमा लिइएको हो । पपुवा न्यू गिनीमा बलात्कार गर्ने लाई ५ वर्षको जेल सजायको व्यवस्था रहेको छ । नाबालिगलाई बलात्कार गरेमा ७ वर्षको जेल सजाय रहेको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here