छाडा चौपाया जिल्लाकै ठूलो समस्या, नियन्त्रणको लागि पहल सुरु

पप्पु गुरुङ दोधारा १७ मंसिर । माहाकालीमा छाडा पशु चौपाया जिल्लाकै ठूलो समस्या बनेको छ । ब्यवस्थापनका लागि पहलका क्रममा सर्वपक्षीय बैठक, माहाकाली नगरपालिका कार्यालयको बैठकले छाडा पशु चौपायाको ब्यवस्थापन जिल्लाकै साझा र ठुलो समस्याका रुपमा देखिएको जनाएको छ ।

छाडा चौपायाले माहाकाली नगरपालिकाका किसानहरुको खेती खाएर आजित बनाएको बताउदै स्थानिय किसानहरुले छाडा चौपाया समस्या समाधानका लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाउनु माहाकाली नगरपालिकाका जनप्रतिनिधीलाई आग्रह गर्दै आएका छन् ।

माहाकाली नगर क्षेत्रमा अस्थायी काञ्जी हाउसको निमार्ण गर्ने, छाडा पशु चौपायालाई स्थायी ब्यवस्थापनको लागी गौशाला निर्माण गर्नु पर्ने बैठकमा सहमती भएको माहाकाली नगरपालिका कार्यालयले जनाएको छ ।

माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले छाडा चौपाया ब्यवस्थापनको लागी दिर्घकालिन तथा अल्पकालिन दुबै प्रकारको योजना अघि बताएका छन् ।

छाडा चौपाया ब्यवस्थापनको लागी सर्वदलिय तथा माहाकाली नगरपालिका कार्यपालिकाकामा छलफल तथा सकारात्मक निर्णय भएको माहाकाली नगरपालिका नगर प्रमुख बिर बहादुर सुनारले जनाएका छन् ।

सर्वदलिय, सर्वपक्षीय छलफल कार्यक्रमका सहभागीहरुले छाडा चौपाया ब्यवस्थापनको पहल अगाडी बढाउने प्रतिबद्धता गरेका हुन । केहि समय यता छाडा चौपायाको समस्या चारै तिर बहसको विषय बनिरहेको अवस्थामा सो समस्या समाधानका लागि माहाकाली नगरपालिका कार्यालयले सरोकारवालाहरुको उपस्थितीमा छलफलको आयोजना गरेको हो ।

सर्वदलिय, सर्वपक्षीय छलफल कार्यक्रमका सहभागीहरुले समेत छाडा चौपाया ब्यवस्थापन माहाकाली नगरपालिकाको मात्रै नभई सिंगो जिल्लाकै विकराल समस्या भएको निष्कर्ष निकाल्दै माहाकाली नगरपालिका कार्यालयले हालको लागि अल्पकालिन तथा पुर्ण समस्या समाधानको लागी दिर्घकालिन ब्यवस्था गर्ने निर्णय गरिएको बताईएको छ् । ‘

छाडा पशु चौपाया ब्यवस्थापन गर्न वडा नं. १ देखी ५ सम्मका लागी मायापुरी सामुदायिक बनको पश्चिमको क्षेत्र, वडा नं. ६ मधुवन सामुदायिक बनमा र वडा नं. ७ देखी १० सम्मका लागी कञ्चन सामुदायिक बन क्षेत्रमा तारवार गर्नको लागी माहाकाली नगरपालिका कार्यालयले काँडेतार तथा उनिहरुको गास तथा बासको ब्यवस्था गर्ने तथा दिर्घकालिन ब्यवस्थापनको लागी माहाकाली नगरपालिका वडा नं. २ स्थायी बसोबास गरि बस्ने अंगबिर दमाई संग सम्झौता गर्न आवश्यक प्रकृया अघि बढाउन पशु विकाश शाखालाई जिम्मेवारी दिईएको छ्’ माहाकाली नगरपालिका कार्यपालिकाको निर्णयमा भनिएको छ् ।

सर्वपक्षीय बैठक तथा कार्यपालिकाको बैठक पछि माहाकाली नगरपालिकाले छाडा चौपाया व्यवस्थापनमा कडाईको नीति लिएको छ् । माहाकाली नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पष्कर दत्त जोशीले आफुले चौपाया छाडा छोड्ने घरधनीलाई जरिवाना गरेको बताएका छन् ।

‘हामीले वडामा छाडा चौपाया ब्यवस्थापनको निती अघि बढाएका छौ’ वडा नं. ३ का वडा अध्यक्ष पष्कर दत्त जोशीले भने । घरमा पालेका गाई, गोरु, बाच्छा, बाच्छीहरुलाई जथाभावी रुपमा छाडा छोड्ने गरेका कारण किसानहरुले लगाएको बालिनाली नोक्सान भईरहेको प्रती महाकाली नगरपालिकाको ध्यानाकर्षण भएको छ् ।

छाडा चौपाया व्यवस्थापनका लागि नगरपालिकाले ट्याग लगाउने कार्य सुरु गरेको छ् । माहाकालीमा छाडा पशु छोड्ने जो कोहीलाई पनि कार्बाहीको दायरामा ल्याउने माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले बताए ।

छाडा चौपाया लगाएत घरमा बाँधी राखेका पशु चौपायालाई समेत ट्याग लगाउन सुर गरिएको छ । ट्याग लगाउन अटेर तथा नदिने व्यक्तिहरुलाई २ हजार जरिवाना गरिने नगरकार्यपालिकाको बैठकले निर्णय गरेको छ् ।

पशु चौपाया छाडा छोडेर जरिवाना तिर्न समेत अटेर गरेको खण्डमा त्यस्ता व्यक्तिलाई भविष्यमा वडा कार्यालय र नगरपालिकाबाट प्रदान गरिने सेवा सुविधा समेत रद्ध गरिने नगर प्रमुख सुनारले बताए ।

‘माहाकाली नगरपालिकामा बसोबास गर्ने कतिपय घरपरिवारहरुले आफ्नो घरमा पालेका चौपाया जथाभावीरुपमा छाडा छाड्ने गरेको कारण किसानहरुले लगाएको वालीनाली नोक्सान भईरहेको प्रति माहाकाली नगरपालिकाको ध्यान आकर्षण भएको छ् ।

जसलाई निरुस्ताहित एवम् नियन्त्रण गर्नका लागी घरपालुवा गाई, गोरु, बाच्छा, बाच्छीलाई ट्याग लगाउने कार्य भईरहेको कतिपय पशुधनीहरुले ट्याग लगाउन नदिएको जानकारी यस कार्यालयमा प्राप्त भएको हुदा नदिने ब्यक्तीहरुको लगत राखी त्यस्ता ब्यक्तीहरुलाई भबिष्यमा वडा कार्यालय एवम् नगरपालिकाबाट प्रदान गरिने कुनै पनि सेवा सुबिधा नदिईने, ट्याग लगाईएको वा नलगाईएको कुनै पनि पशुलाई छाडा छोड्ने व्यक्तिलाई रु. २ हजार जरिवाना गर्न जरिवाना तिर्न अटेर गरेमा कुनै पनि सेवा सुबिधा नदिईने निर्णय भएको हुदा पशु चौपाया नियन्त्रण गर्नै कार्यमा माहाकाली नगरपालिका संग हातेमालो गर्न माहाकाली नगरबासी सम्पुर्णमा माहाकाली नगरपालिका हार्दिक अपिल गर्दछ्’ माहाकाली नगरपालिका कार्यालयले प्रकाशित गरेको सुचनामा भनिएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here