श्रीलंकासंग ६ विकेटले हार्यो नेपाल

काठमाडौ, १७ मंसिर । काठमाडौंमा जारी तेह्रों दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगीता अन्तर्रगत पुरुष क्रिकेटमा नेपाल श्रीलंकासंग ६ विकेटले पराजित भएको ।

१ सय ७३ रनको लक्ष्य सहित मैदान उत्रीएको श्रीलंकाले १९.१ ओभरमा ४ विकेटको क्षतिमा उक्त लक्ष्य भेट्टायो ।

श्रीलंकाको जितमा एस असानले सबैभन्दा धेरै नटआउट ७२ रनको योगदान दिए । त्यस्तै, फनान्डोले ४६ रनको योगदान दिए ।

नेपालको बलिङ तर्फ सामपाल कामी महङ्गो सावित भए । २ ओभर वलिङ गरेका उनले २९ रन दिएर १ विकेट लिए । त्यस्तै अभिनास बोहोरा पनि केही महङ सुावित भए । ३.१ ओभर बलिङ गरेका उनले ३७ रन खाए ।

नेपालका लागि पवन सराफले २ विकेट लिए भनेसोमपाल कामी र सुसन भारिले समान १/१ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here