गुराँस लघुवित्तको नायव कार्यकारीमा बस्नेत

काठमाडौं, १७ मंसिर । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिले भेष बहादुर बस्नेतलाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ ।

विगत २४ वर्षदेखि लघुवित्त क्षेत्रमा कार्यरत बस्नेतले २३ वर्ष स्वाबलम्वन लघुवित्तमा बिभिन्न तहसहित बिभागीय प्रमुखसम्म र डिप्रोक्स लघुवित्तमा ६ महिना नायव प्रमुख कार्यकारी अधिकृत पदमा बसेर काम गरिसकेका छन् ।

लघुवित्त क्षेत्रलाई नजिकबाट नियालेका बस्नेतले संस्थालाई अझ माथि लैजाने विश्वास व्यक्त गरेको जनाएकोछ । बस्नेतलाई संस्थाको सञ्चालक समितिले मंसिर १३ गते देखि नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्दै १५ गतेबाट लागु हुने गरि कम्पनी सचिवको समेत जिम्मेवारी दिएको संस्थाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here