किन १३ लाई अशुभ अंक मानिन्छ ?

काठमाडौं । संसारका धेरै देशमा १३ अंकलाई अशुभ मानिन्छ । त्यही भएर कतिपय देशका होटेलमा १३ नम्बरको कोठा नै हुँदैन ।

शुक्रवार १३ तारिख प–यो भने पश्चिमीहरू असाध्यै अशुभ मान्छन् । यस्तो संयोग परेको दिन अमेरिकामा करीब नौ अर्ब डलरको उत्पादनमा असर पुग्ने तथ्यांक छ ।

मनोविज्ञानले १३ अंकप्रतिको डरलाई ट्रिस्काइडेकाफोयिबा नामकरण गर्ने गरेको छ । तेह्र तारिखको दिन पश्चिममा सबभन्दा बढी दुर्घटना हुन्छन् ।

तेह्रलाई यसरी अशुभ मान्ने प्रचलनको शुरुवात बेबिलोनियन सभ्यताको कोड अफ हम्मुराबीबाट भएको मानिन्छ । यी कोडहरू त्यतिखेरका कानून हुन् । यिनमा १३ नम्बर नभएकाले त्यो अंक अशुभ मानियो ।

इतिहासकार चाहिँ यो कुतर्क भएको विश्वास गर्छन् । अब छुट्यो होला नि १३ अंक लेख्न, के को शुभ अशुभको कुरा हुनु भन्छन् उनीहरू ।

अंकगणितको दृष्टिकोणबाट हेर्दा १३ अनुपयोगी र असुविधाजनक छ । यसअघि आउने १२ लाई गणितज्ञहरू पर्फेक्ट नम्बर मान्छन् ।

यही हिसाबमा १२ घन्टाको इकाइमा समय मापन गरिन्छ भने १२ महिनाको एक वर्ष हुन्छ । तेह्र चाहिँ अविभाज्य र अपरिमेय संख्या हो । कम उपयोगी भएका कारण यसलाई अशुभ मानिएको हुनसक्छ ।

यस्ता छन् अशुभ हटाउने विधि

ज्योतिषले दानद्वारा पाप नाश गर्न सकिन्छ भन्ने मान्यता राख्दै आएको छ । दान पनि सम्बन्धित ग्रह अनुसार भिन्न भिन्न जो वस्तु जुन ग्रहसित सम्बन्ध राख्दछ । उपर्युक्त ग्रहको सम्बन्धित सामग्री वस्तुको दान गर्ने व्यवस्था वर्णन गरिएको छ । यसै सन्दर्भमा म आज यहाँहरुलाई ग्रह अनुसार सम्बन्धित् वस्तुका बारेमा साथै कुन ग्रहका लागि कुन देवको पूजा गर्दा पाप नाश भइ जीवनमा शुभ तथा अनुकूलता प्राप्त गर्न सकिन्छ भन्ने बारेमा केही जानकारी दिन चाहन्छु ।

सूर्यः माणिक्य,स्वर्ण,तामा,गहुँ,गुण आदि

चन्द्रमाः मोति,सिप,चाँदी,शंख,जल,दुध,चामल

मंगलः मुँगा,तन्दुरमा पकाएको गुलियो रोटि खैडी,बताशा,मसुरो दाल

बुधः पन्ना,गेडा मुँग,फर्सी,बाख्रा,हरियो वस्त्र

बृहस्पतिः पुष्पराज,केसर,चना,दाल,पिपल,बेसार,सख्खर, पहेंलो पुष्प

शुक्रः हिरा, रेशमी कपडा,ध्यू,मलाई,खुवा,सेतो चन्दन,दहि,चिनी,सेन्ट

शनिः निलम,फलाम,छाला,पत्थर,खेत,काग,चिम्टा,पौवा,भैसी,सर्सोको तेल,रक्सि मदिरा,तिल

राहुः गोमेद,नरिवल,मुला,सर्सो,निलम,कोइला,खोटो,पैसा

केतुः कुकुर,कालो सेतो रंगको गाई,दुइ रंगको कम्बल

ग्रह अनुसार देव पुजन

१) सूर्य देवलाई प्रशन्न गर्नका लागि भगवान विष्णुको पूजा तथा हरिवंश पुराण कथा वाचन गर्नु पर्छ ।

२) चन्द्र देवलाई प्रशन्न गर्नका लागि शिव उपासना गर्नु पर्छ ।

३) मंगल देवलाई प्रशन्न गर्न हनुमानको पूजा उपसना गर्नु पर्छ ।

४) बुध देवलाई प्रशन्न गर्न दुर्गा पूजा सप्तशती पाठ गर्नु पर्छ ।

५) बृहस्पति देवलाई प्रशन्न गर्नका लागि ब्रह्माजिको पूजा गर्नु पर्छ तथा सन्तान प्राप्ति गर्नु पर्ने भएमा हरि पूजा गर्नु पर्छ ।

६) शुक्र देवलाई प्रशन्न गर्नका लागि श्री लक्ष्मीजीको पूजा गर्नु पर्छ ।

७) शनि देवलाई प्रशन्न गर्नका लागि भैरव भगवानको पूजा गर्नु पर्छ ।

८) राहु देवलाई प्रशन्न गर्नका लागि भैरव पूजा महामृत्युञ्जय मन्त्र जप गर्नु पर्छ ।

९) केतु देवलाई प्रशन्न गर्नका लागि भगवान श्री गणेशको पूजा आराधना गर्नु पर्छ ।

यदि हामीले उपयुक्त नियमलाई पालना गर्न सक्यौं भने आफ्नो ग्रह दोषलाई शान्ति गरि पुण्य फल प्राप्त गर्न सक्छौं ।

(सदृश्य डटकममा ज्योपं. एसडी उपाध्यायको विश्लेषण)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here