महिला भलिबलको स्वर्ण भारतलाई, नेपाल रजतमा चित्त बुझाउन बाध्य

काठमाडौं, १७ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्रगतको महिला भलिवलमा स्वर्ण पदक भारतले जितेको छ ।

काठमाडौंमा भएको खेलको पहिलो सेट २५-१७ ले भारतले जितेको थियो ।

दोस्रो र तेस्रो सेटमा नेपालले २५-२३ र २५-२१ सेटमा जितेको थियो । त्यस्तै चौंथो सेट २५-२० ले भारतले जितेको जित्यो ।

त्यस्तै पाँचौं तथा अन्तिम सेटमा भारतले नेपाललाई १५-६ ले जितेसंगै नेपालको स्वर्ण पदक जित्ने आशा निराशामा बदलिएको हो ।

यो भारतको लगातार १३ औं साग महिला भलिवलमा १३ औं स्वर्ण पदक हो ।

यो खेल महिला भलिवलको पहिलो फाइनल थियो । जसमा नेपालले नेपालले स्वर्ण जित्न सकेन । नेपाली महिला भलिबल इतिहासमा नेपालले भारतलाई हालसम्म हराएको छैन । साग इतिहासमा नेपालले रजत पदक जितेको पहिलो पटक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here